साधन राम्जाली मगर शुक्रबार माघ २५ गते । देशको पाचौं उच्च जोखिम युक्त सदरमुकामको सुचिमा रहेको म्याग्दीको बेनी बजार जोगाउने योजना सुरु भएको छ । पोखरामा रहेको रुपा ताल एकिकृत संरक्षण विकास परियोजना संग सम्झौता गरि उपभोक्ता समिती मार्पmत शुक्रबारदेखी काम सुरु गरिएको हो ।
चार वटा उपभोक्ता समिति गठन गरि शुक्रबार देखी सुरु निर्माण कार्य थालिएको छ । ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्दा बढी समय लाग्ने भएकाले चार वटा प्याकेजमा विभाजन गरि मार्फत उपभोक्ता समिति मार्फत योजना कार्यन्वयनलाई अगाडी बढाइएको हो ।
वडा नं ७ र ८ मा पर्ने कालिगण्डकी नदिमा १ सय ७१ मिटर ग्याविन सहितको अस्थाई पर्खाल र पहिलेको कंक्रिट पर्खाल संरक्षणका लागि १ सय ८० मिटरमा जाली विछ्याउने काम हुने गणेश टोल कालिगण्डकी संरक्षण उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्मचार्यले जानकारी दिनुभयो ।
२ करोड ८५ लाख रुपैयाँ बजेटको लागतमा निर्माण हुन लागेको आयोजनामा स्थानियको १० प्रतिशत श्रमदान रहने अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो । तीन महिनामा सक्ने सम्झौता भए पनि उपभोक्ता समितिले डेढ महिनामा सक्ने लक्ष्य सहित फास्ट ट्रयाक मार्फत निर्माण कार्य अगाडी बढाइने उहाँले बताउनुभयो ।
ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्दा बढी समय लाग्ने भएकाले चार वटा प्याकेजमा विभाजन गरि मार्फत उपभोक्ता समिति मार्फत योजना कार्यन्वयनलाई अगाडी बढाइएको अध्यक्ष कर्माचार्यले बताउनुभयो । आयोजना निर्माणका लागि बेनी नगरपालिका र जलजला गाउँपालिका बिच पाँच सदस्य समन्यव समिति गठन गरिएको छ ।
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…