मंगला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी महेन्द्ररत्न बरंजालाई

सिजन रोका
बाबियाचौर बिहिबार फागुन ९ गते ।
मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बरंजाको महेन्द्ररत्न माविले जितेको छ । ११ वटा स्वर्ण, ६ वटा रजत र ९ वटा कास्य पदक जितेर पहिलो भएको महेन्द्ररत्नले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी ७ वटा स्वर्ण, ५ वटा रजत र ३ वटा कास्य पदक जितेको डनिङ आवासीय मावि बाबियाचौर दृतीय तथा ५ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक जितेको दिपशिखा मावि कुहुँ तेस्रो भएका छन् ।

दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद तीस हजार र बिस हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । छात्र भलिबलमा शिशुकल्याण मावि अर्मन प्रथम र मंगला मावि बाबियाचौर दितृय तथा छात्राको फाइनलमा महेन्द्ररत्न मावि बरंजा र सिद्धशान्ति मावि हिदी दोस्रो भएका छन् ।

भलिबल खेलको फाइनलको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो । मन्त्री पुनले खेलकुदको विकासका लागि प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

कवड्डीको फाइनलमा छात्रातर्फ महेन्द्ररत्न मावि प्रथम र डनीङ आवासीय मावि दृतीय तथा छात्रतर्फ मंगला मावि प्रथम र महेन्द्ररत्न मावि दोस्रो भएका छन् । मंगला गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समितिको व्यवस्थापनमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा ८ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी लगायतले बिजयी खेलाडी तथा विद्यालयलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

thumbnail

नेपालले क्यानडासँग २ एक दिवसीय शृङ्खला खेल्ने

काठमाडौं । नेपालले क्यानडामा दुई वटा एक दिवसीय खेल खेल्ने भएको छ । नेपाली टिम खेलका लागि असार १४ गते राति २ देखि ३ बजेभित्रको समयमा क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको…

thumbnail

नेपाली क्रिकेट विकास गर्न सदैव तयार छौं : आइसिसी

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली क्रिकेट विकास लागि सधैं सहयोग गर्न तयार रहेको बताएको छ । आइसिसीका प्रतिनिधि र सञ्चारकर्मीबीच शनिबार भएको अन्तर्क्रिया कार्यक्रममा आइसिसीले नेपालमाथि लगाएको आंशिक आर्थिक…

thumbnail

वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ । मलेसियामा टस जितेर पहिले…