रहेनन् म्याग्दीका पहिलो राष्ट्रिय पञ्चायत सदस्य पुन
बुधवार, फाल्गुन ८ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी बुधबार फागुन ८ गते । राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन मगरको निधन भएको छ । मंगलबार पुन मगरको काठमाण्डौं स्थित नर्भिक अस्पतालमा विहान करिव १० : ५० बजेकाे समयमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
विक्रम संवत १९७७ मा म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा जन्मनुभएका पुन मगरका तीन छोरी र पाँच छोरा हुनुहुन्छ । आधारभुत तहको शिक्षा हासिल गर्नु भएका पुन मगर विक्रम संवत २०१९ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा म्याग्दीबाट पहिलो सांसदको रुपमा निवार्चित हुनुभएकाे थियो ।
चार बर्षे राष्ट्रिय पञ्चायत सदस्य कार्यकाल समाप्ती संगै पुन मगरले गृह जिल्ला म्याग्दीमा आएर कार्यबाहक जिल्ला ञ्चायत सभापतिको रुपमा रहेर केही समय नेतृत्व सम्हाल्नुभएको थियो । राजनितिक तथा सामाजिक क्षेत्रमा सक्रिय पुन मगरले गाउँमा विद्यालय स्थापना गरि गाउँलाई शैक्षिक क्षेत्रमा अगाडी बढाउन महत्वपुर्ण भुमिका खेलेको गाउँबासीहरु बताउछन् ।
निडर अनि झुझारु स्वभावका पुन मगरले म्याग्दीबाट सांसद भए लगत्तै गृह जिल्लामा सामाजिक सुधार ,विकास तथा ग्रामिण भेगमा शैक्षिक विकासका लागि महत्वपुर्ण भुमिका खेलेको सरकारवालाहरु तथा उहाँका राजनितिक समकक्षीहरुकाे भनाई छ ।
आधारभुत तहको शिक्षा हासिल गर्नुभएका पुन मगर पञ्चायत सदस्य,कार्यबाहक जिल्ला पञ्चायत सभापति तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय पुन मगर पछिल्लो केही बर्ष यता भने राजनितिक क्षेत्रमा भन्दा बढी सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
काठमाडौँ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले जन्मका र लिङ्गका आधारमा विभेद रहेसम्म समाजवाद सम्भव नहुने बताउनुभएको छ । सोमबार ‘नेपालमा समाजवाद स् चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा उनले जन्म र लिङ्गका…
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग गठबन्धनको यात्रा गरेर समाजवादको संकल्प गर्न नमिल्ने बताउनुभएको छ । नरबहादुर कर्मचार्य फाउण्डेसनले सोमबार ‘नेपालमा समाजवाद :चुनौती र सम्भावना’ विषय अन्तरक्रिया कार्यक्रम राखेको…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…