बेनी बुधबार फागुन १ गते । बेनीको गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले बुधबार वातावरण र बेनी लगायत तटीय क्षेत्रका बस्तीहरुको संरक्षणका लागि सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् ।
बेनी लगायत म्याग्दीका तटीय क्षेत्रका बस्तीहरुको संरक्षणमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने प्ले कार्ड बोकेर बजार परिक्रमा गरेपछि क्याम्पस चोकमा पुगेका लिटिल गार्डेनको कक्षा ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए ।
नाटकको माध्यमबाट बालबालिकाहरुले नदी किनारमा फोहोर नगर्न र वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने सन्देश दिने प्रयास गरेका छन् । विद्यार्थी अस्मी परियारको नेतृत्वमा नाटक देखाइएको थियो ।
यसअघि गत हप्ता कक्षा ४ का विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा जातीय छुवाछुत तथा भेदभाव विरुद्धको सन्देशमुलक नाटक प्रर्दशन गरेका थिए ।
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित…
पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा…
लमजुङ । ६२ वर्षीया पुतली परियार र बुबा ७५ वर्षीय सुकबरे परियालाई जेठको पहिलो साता जिल्ला प्रहरी कार्यालयबाट आएको खबरले एकैछिन पनि मन शान्त हुन दिएन । २७ वर्षअघि जागिर खान भारत पसेको…
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले न्यायालयमा विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाट भइरहेको दाबी गर्नुभएको छ। आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका…
काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाउने भएको छ । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ । पानीपुरी…