शान्ति खल्बल्याउने र आतंकित पार्ने काम भइरहेको छ : प्रधानमन्त्री ओली
मंगलबार, माघ २९ गते
। म्याग्दी न्युज संवाददाता
काठमाडौं मंगलबार माघ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रटी बन्न चाहना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रहरी तालिमका सबै कार्यक्रम एकै थलोमा गर्न सक्ने गरि फराकिलो स्थानमा सार्ने विगतमा भएको निर्णयलाई नै कार्यान्वयनको चरणमा लैजादै गर्दा हल्ला रुचाउने र सेलिब्रेटी बन्न चाहनेहरुले अनैतिक टिप्पणी गरेको दाबी उनले गरे । उनले भने, ‘हल्ला गर्न रुचाउनेहरुले कतिपयले सेलिब्रेटी स्वभावका आफूलाई सेलिब्रटी देखाउनका लागि अनैतिक खालका टिप्पणीहरु पनि त्यसमा गरे । अहिले नै राष्ट्रपतिज्यूले यहाँबाट लखेट्न खोज्या होकि जस्तो पनि पारिदिए । छिमेकी पिरेको भन्ने शब्दहरु पनि प्रयोग गरे ।’
शान्ति सुव्यवस्था खल्बल्याउने र जनतालाई आतंकित पार्ने काम भइरहेको भन्दै सरकारले प्रधानमन्त्री ओलीले सरकारले त्यस्ता गतिविधि कुनै पनि अवस्थामा गर्न नदिने बताए । प्रधानमन्त्री ओलीले सरकारले अपराधरहित सचेत समाज निर्माण गर्न चाहेको स्पष्ट पारे । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागीमध्ये उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए । Ratopati
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…
काठमाडौँ । नेकपा एमालेबाट सांसद हुनुभएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुल्नुभउको छ । थापा मंगलबार घोषणा हुन लागेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा समेटिनुभएको हो । एमालेबाट समानुपातिक सांसद रहेकी…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…
काठमाडौं । विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना सुरू गरेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय महाराजगन्जअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। धर्ना दिनेमा अधिकांश शरणार्थी म्यानमारबाट…