शिख देउरालीम पुख्र्यौली नाच प्रदर्शन

सेते तिलिजा पुन
शिख, बुधबार फागुन १ गते ।
म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका ५ शिखमा मगरहरुको सांस्कृतिक लोक नृत्य पुख्र्यौलि नाच प्रदर्शन गरिएको छ । साविक शिख गाविस वडा नं २ देउरालिमा रहेको शिख पुख्र्यौली समुह द्धारा सो नृत्य प्रदर्शन गरिएको हो ।

देउराली निवासी महेश पुर्जा छोरा आभास पुर्जाको छेवारका अवसरमा सो नृत्य प्रदर्शन गरिएको समुहका सचिव भेउरानी पाइजा पुन मगरले बताउनुभयो ।


मगरहरुको पुख्र्यौली पहिचानको रुपमा रहेको नाचको जगेर्ना तथा संरक्षण गर्ने उदेश्य सहित नाच प्रदर्शन गरिएको अध्यक्ष टिकराम पुर्जाले बताउनुभयो । खासगरि श्रीपञचमी ,मगर समुदायमा जेठा छोरालाई दिइने पुर्पुराउ तथा छेवारमा पुख्र्यौली नृत्य प्रदर्शन गरिदै आइरहेको छ । कार्यक्रममा कलाकारहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

thumbnail

अन्नपूर्ण गाउँपालिकाले ल्यायो ४९ करोड ७३ लाखको बजेट (तस्बिरहरु)

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…

thumbnail

दानाको मतिचौरमा घना जंगलको विचमा १०८ धारा

म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…

thumbnail

अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेद्वार निर्विरोध

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल…