समाचार छापेको भन्दै पत्रकारमाथि सांघातिक आक्रमण

सर्लाही मंगलबार माघ २९ गते । सामुदायिक रेडियो सर्लाहीका समाचार सम्पादक सोम दियालीमाथि सांघातिक आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्यसमेत रहेका दियालीलाई मंगलबार नचिनेका मान्छेले सर्लाहीको सुकेपोखरीमा आक्रमण गरेका हुन् ।

आक्रमणबाट दियालीको ठाउकोमा गम्भीर चोट लागेको छ । उहाँको अहिले सर्लाहीको हरिवनमा रहेको स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । आफूले केही दिनअघि बाग्मती नगरपालिकाको समाचार लेखेको कारण आफूमाथि आक्रमण भएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखा र नेपाल प्रेस युनियन सर्लाहीले विज्ञप्तिमार्फत आक्रमणको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

आक्रमणमा संलग्न भएकामध्ये एक जना पक्राउ परेको र बाँकीलाई छिट्टै पक्राउ गरी कारबाही गरिने सर्लाही प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले जानकारी दिनुभयो । उज्यालो

सम्बन्धित समाचार

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…

thumbnail

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर किसानको मृत्यु

धनगढी । कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार बिहान गोदावरी नगरपालिका–३ मालाखेतीमा रेडियन्ट ग्यास कम्पनी…

thumbnail

गुडिरहेको ट्रकमा आगलागी

जनकपुरधाम । सप्तरीमा गुडिरहेको एक मालबाहक ट्रकमा एक्कासी आगलागी भएको छ । आगलागीले ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको छ । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धकंकालिनी मन्दिर…