अन्तराष्ट्रिय आर्थिक घटना राष्ट्रिय समाचार समाज

अनलाइन व्यवस्था थाहा नहुँदा विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा बस्दै

काठमाडौँ, शुक्रबार चैत्र ८ गते । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर थियो । यो समाचार आजको नयाँ पत्रिकामा छ ।

देशको सबैभन्दा ठूलो विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मास्टर्स पढिरहेका विद्यार्थी आ–आफ्ना डेरा छोडेर बिहीबार साँझ खुला चौरमा आएका थिए । उनीहरूमध्ये केही खाना पनि त्यहीँ खाँदै थिए । कोही कम्बल ओढेर लाइनमा सुतिरहेका थिए । सरकारले अनलाइन प्रणालीबाटै परीक्षा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरे पनि आवश्यक जानकारी नहुँदा युवाहरू यसअघिका वर्षहरूमा जस्तै रातभर लाइनमा लागेका छन् ।

इसेवा, आइएमई पेलगायत माध्यमबाट सहजै परीक्षा शुल्क भुक्तानी गर्न सकिन्छ । तर, अगाडि फारम भरे परीक्षा पनि अगाडि हुने र परिणाम पनि छिटो हुने विश्वासमा उनीहरू यसरी बैंक खुल्नुभन्दा १२ घन्टाअघि नै लाइन लागेका हुन् ।

सम्बन्धित समाचार

thumbnail

विश्व आदिवासी दिवसको दिन नगरपालिकाद्वारा सार्वजनिक बिदा

तनहुँ । व्यास नगरपालिकाले आज नगरक्षेत्रमा सार्वजनिक बिदा दिएको छ । २०७६ माघ २४ गते बसेको नगरपालिकाको ३२औँ नगरसभा बैठकबाट २६औँ विश्व आदिवासी दिवसको दिन बिदा गर्ने निर्णय गरेको थियो । व्यास…

thumbnail

बाढी पहिरो पीडितका लागि प्रवासबाट साढे ३ लाख रुपैयाँ बढी सहयोग

बेनी । प्रवासमा रहेका दग्नाम–दर्मिजा लगायत म्याग्दीलीहरुले जिल्लाका बाढी पहिरो पीडितका लागि साढे तीन लाख रुपैयाँ बढी सहयोग आर्थिक सहयोग गरेका छन् । दग्नाम–दर्मिजा समाज गलेश्वर– बेनीका सचिव धनिलाल गर्बुजाको नेतृत्वमा म्याग्दीका…

thumbnail

ग्रीनविच भलिबल परिवार युकेद्धारा नेपालका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

भक्त रोकालण्डन । युकेमा लोकप्रिय ग्रीनविच भलिबल परिवारले म्याग्दी सहित नेपालका विभिन्न जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । ग्रीनविच भलिबल परिवार युकेले अविरल बर्षाका कारण गएको पहिरोमा परेर…