कांग्रेस नेताहरू भन्छन् -एसईई प्रश्नपत्र बाहिरिनुमा केन्द्र सरकार जिम्मेवार

काठमाडौं ,शनिबार चैत्र १६ गते । प्रदेश–२को एसईई परीक्षा रद्द भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुले केन्दीय सरकार जिम्म्ेवार हुनुपर्ने बताएका छन्। परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिन थालेपछि शुक्रबार साझ प्रदेश–२को परीक्षा रद्द गरिएको थियो।

सरकारको लापरवाहीका कारण एसईई परीक्षा रद्द भएको आरोप नेता डा।शेखर कोइरालाले लगाएका छन्। शनिबार नेता कोइरालाले उक्त घटना राज्यको गैर–जिम्मेवारीपनका कारण भएको दाबी गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई तत्काल राजीनामा दिन माग समेत गरेका छन्।

‘परीक्षाको आफ्नै मर्यादा र गोपनियता हुन्छ। यस सवालमा संघीय सरकार चुकेको देखिन्छ। यो गम्भीर घटनाको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ र आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता राज्यले जनाउनु पर्दछ,’ कोइरालाले भने।

त्यस्तै अर्का कांग्रेस नेता प्रकाशमान सिंहले लगानी सम्मेलन चलिरहेकै बेला प्रदेश–२ मा कमजोर सुरक्षाका कारण प्रश्नपत्र आउट भएर एसईई परीक्षा रद्द हुनु देशकै लागि लज्जाको विषय भएको बताएका छन्।


‘यत्रो लगानी सम्मेलन भइरहेको बेला दुई नम्बर प्रदेशमा एसईई परीक्षा रद्द भयो। यसले सुचारु रुपले सक्षमताका साथ नेतृत्व गर्न नसकेको प्रमाणित हुन्छ’ सिंहले शनिवार काठमाडौमा आयोजित एउटा कार्यक्रमकमा भने,‘सरकारले शान्ति सुरक्षाको र लगानीको वातावरण नबनाएसम्म घाटा खान विदेशी लगानीकर्ता आउदैन।’ अन्नपुर्ण पोष्ट्

सम्बन्धित समाचार

thumbnail

एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारीबाट हटाइए

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…

thumbnail

केपी कमरेडले कारबाही गरे भोग्न तयार छु : तुलसा

काठमाडौँ । नेकपा एमालेबाट सांसद हुनुभएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुल्नुभउको छ । थापा मंगलबार घोषणा हुन लागेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा समेटिनुभएको हो । एमालेबाट समानुपातिक सांसद रहेकी…