जिपी फाउण्डेशन म्याग्दीद्धारा शान्ति समितिका संयोजकहरुलाई सम्मान

बेनी बिहिबार चैत्र ७ गते । नेपाली कांग्रेस म्याग्दीले तत्कालिन शान्ति समितिका संयोजकहरुलाई सम्मान गरि पुर्व प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको स्मृति दिवस मनाएको छ ।


जिपी फाउण्डेशन म्याग्दीको आयोजनामा पुर्व प्रधानमन्त्री स्वर्गिय कोइरालाको नवौ स्मृतिको अवसरमा वि.स २०६६ देखि २०७४ सम्म स्थानीय शान्ति समितिको संयोजक भएका १३ जनालाई शान्ति प्रक्रियामा योगदान गरेकोमा कदरपत्रद्धारा सम्मान गरिएको हो ।

जि.पी फाउण्डेशन म्याग्दीका संयोजक अजयमिलन श्रेष्ठको अध्यक्षता र निर्मल खत्रीको सञ्चालनमा भएको कार्यक्रममा फाउण्डेशनकी केन्द्रीय सदस्य तथा प्रदेश संयोजक सारदा पौडेलले नेपालको शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा स्वर्गीय कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, सचिवद्धय हरिकुमार श्रेष्ठ र मिनबहादुर कार्की र स्थानीय शान्ति समितिका संस्थापक संयोजक धु्रबलाल शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…

thumbnail

बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…

thumbnail

म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकलाई अनुसन्धानलेखन विषयक तालिम

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…