
हिलाम्मे सडकमा धान रोपाइँ !
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
दिवाकर सुवेदी
दरबाङ सोमबार फागुन २७ गते ।
म्याग्दीको मालिका गाउँपालिका ६ दिच्याममा एक दिने स्वास्थ्य परिक्षण ÷उपचार कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको होे ।
दिच्याममा रहेको भगवति आधारभुत विद्यालयमा अध्ययनरत ५० बढी विद्यार्थिहरुमा भाइरल ज्वरो तथा रुघाखोकीबाट ग्रसित भएको सुचना प्राप्त भए संगै महामारी फैलिन नदिनका लागि दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा गणेश श्रेष्ठ र डा तिलक गौतम,लायन्स क्लब अफ म्याग्दी दरबाङ ,इलाका प्रहरी कार्यालयबाट खटिएको टोलिले विद्यार्थिहरुको स्वास्थ्य परिक्षण एवम् उपचार समेत गरिएको हो ।
शिविरमा अब्बल फर्माका थमन गौतमले निशुल्क औषधि उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष सन्तनाथ सुवेदीले निशुल्क औषधि उपलब्ध गराउने गौतम र उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मिहरुलाई धन्यवाद दिँदै क्लबले आपत विपतमा हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो । क्लब अध्यक्ष सुवेदीको अध्यक्षता ,प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज श्रेष्ठको स्वागत मन्तव्य र सचिव दिवाकर सुवेदीको संचालनमा कार्यक्रम समापन भएको थियो ।
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…