बेनी आईतबार चैत्र १० गते । म्याग्दीको दुई वटा वडामा हेलिप्याड निर्माण भएको छ । रघुगंगा गाउँपालिका–५ झिँ र अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार हेलिप्याड निर्माण भएको हो । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धित स्थानीय तहको आर्थिक र सुरक्षा निकायको प्राबिधिक सहयोगमा हेलीप्याड निर्माण भएको हो ।
झिँ र शिख सहित म्याग्दीका ४५ मध्य १९ वटा वडामा हेलीप्याड निर्माण भएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । सिमेन्ट र बालुवाले पिसिसी गरेर एच आकारको चिन्ह बनाइएको छ । म्याग्दीको मालिका गाउँपालिकाको ७ वटै वडामा हेलिप्याड निर्माण भैसकेको छ ।
त्यसैगरि ‘एक वडा एक हेलीप्याड’ अभियान अन्र्तगत अहिलेस्म्म मंगला र रघुगंगा गाउँपालिकामा ३ र बेनी नगरपालिकामा २ स्थानमा हेलीप्याड निर्माण भएको छ । अर्थुङ्गे स्थित नेपाली सेनाको श्रीबक्स गुल्म परिसरमा रहेको हेलीप्याडलाई स्तरोन्नती गरि जिल्लामै पहिलो रात्रीकालिन अवतरणयुक्त ‘नाईट ल्याण्डीङ्ग’ हेलीप्याड बनाईएको छ ।
शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले हेलीप्याड निर्माणमा श्रमदान गरेका छन् । भौगोलिक रुपमा विकटता रहेकाले आकस्मिक बिरामी, दुर्घटनाका घाइते, प्राकृतिक प्रकोप र विपदको समयमा उद्धार तथा राहतको कामलाई सहज बनाउन हेलीप्याड बनाइएको हो ।
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…
दाङ । लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उहाँले भने अझै राजीनामा भने दिइनसकेको बताउनुभएको छ । अरूको घरभित्र प्रवेश अर्की महिला र उहाँ नाबालिका छोरीलाई कुटपिट…