प्रताप बानियाँ म्याग्दी, शनिबार चैत्र १६ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प सुरु भएको छ । गाउँपालिकास्तरीय पोषण तथा खाद्यसुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो ।
बच्चा जन्मिएको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुको पोषण अवस्था पत्ता लगाउन स्क्रिनिङ क्याम्प आयोजना गरिएको धौलागिरी गाउँपालिकाले जनाएको छ । कार्यक्रम अन्तर्गत शुक्रबार धवलागिरी–३, मुनामा कुपोषण पत्ता लगाउन २१ जना बच्चाहरुको मुआक नापजाँच गरिएकोमा सबै बालबालिकाहरुको मध्यम अवस्था रहेको पाइएको सुआहाराका फिल्ड सुपरभाइजर चन्द्रकला बानियाँले बताइन् ।
उनका अनुसार धवलागिरीको अधिकांश वडाहरुमा बिहीबार र शुक्रबार कार्यक्रम गरिएको छ भने वडाभित्रका केही टोल वस्तीमा कार्यक्रम सञ्चालन भैरहेको छ । यसैगरी धवलागिरी–१, गूर्जामा भने आइतबार र सोमबार कार्यक्रम हुने आयोजकले जनाएका छन् । मुनामा सम्पन्न गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, लक्षित समूहका महिला तथा बालबालिका लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा पोसिलो खाना प्रदर्शनी समेत गरिएको थियो ।
बच्चामा कुपोषण भएनभएको अवस्था पत्ता लगाइसकेपछि उसलाई पोषणयुक्त खानपानको व्यवस्था गर्ने, नियमित स्वास्थ्य परीक्षण र परिवारलाई परामर्श दिइने कार्यक्रमहरु रहेको जनाइएको छ । त्यस्तै धवलागिरी–७, ताकममा सञ्चालन गरिएको क्याम्पमा ३ जना बालिकाहरुमा कुपोषण भएको भेटिइएको ताकम स्वास्थ्यचौकीका इन्चार्ज सम्झना खाती क्षत्रीले जानकारी दिएकी छिन् ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…
कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…
काठमाडौँ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट…