धार्मिक सहिष्णुताका लागि सञ्जाल सक्रिय हुने

बेनी शनिबार चैत्र १६ गते ।
समाजमा ब्याप्त हानिकारक परम्परागत अभ्यासहरुलाई न्युनिकरण गर्ने उद्देस्यले धार्मिक अगुवाहरुद्धारा गठित ‘अन्तरधार्मिक सञ्जाल बेनी, म्याग्दी’को आयोजनामा उपस्थित भेलाले धार्मिक सहिष्णुताका लागि सञ्जाल सक्रिय हुने जनाएको छ ।

उक्त भेलामा उपस्थित धार्मिक अगुवाहरुले समाजमा ब्याप्त हानिकारक परम्परागत अभ्यासहरुलाई न्युनिकरण गर्दै मन्दिर, चर्च, गुम्वा, मस्जिद लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुगेर धार्मिक सहिष्णुता सम्वन्धि विविध कार्यक्रमहरु गर्ने निर्णय गरेका छन् । पत्रकार, नागरिक अगुवा, ब्यवसायी, युवा, बालक तथा विभिन्न समाजिक ब्यक्तित्वहरुसँग छलफल गर्दै उनीहरुकै सहयोग र सुझावमा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

धार्मिक अगुवाहरु मार्फत् लैङ्गिक हिंसा तथा बालबालिकाहरुका समस्याहरुको न्युनिकरण गर्नु सञ्जालको मूख्य उद्देस्य रहेको सञ्जालका सदस्य रहमद खानले बताउनु भयो । विभिन्न धर्मका धार्मिक अगुवाहरु आवद्ध उक्त सञ्जाल गण्डकी प्रदेशभित्र म्याग्दी जिल्लामा मात्र गठन गरिएको सञ्जालका अध्यक्ष श्री कृष्णप्रसाद आचार्यले बताउनु भयो । उक्त भेलामा हिन्दू, बौद्ध, मुस्लिम, क्रिश्चियन, ब्रम्हकुमारी विश्व विद्यालय तथा सिविनका केन्द्रिय प्रतिनीधि कृष्ण तामाङको समेत उपस्थिति रहेको थियो ।

सञ्जालका अध्यक्ष कृष्णप्रसाद आचार्य ज्युको अध्यक्षतामा सम्पन्न उक्त भेलाकोे सञ्चालन सचिव लोकनाथ भुषालले गर्नुभएको थियो । बालबालिका सम्वन्धि काम गर्ने संस्था सिविन् नेपालको सहकार्यमा सञ्जालका कार्यक्रमहरु सम्पन्न हुनेछन् । सोही कार्यक्रममा भरखरै म्याग्दी सरुवा भएर आउनु भएका सिविन् नेपाल म्याग्दीका प्रमुख बसन्त ढ्ङ्गानालाई सञ्जालका अध्यक्षले खादा लगाएर स्वागत समेत गर्नुभएको थियो ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीका पाँच जना पत्रकार पुरस्कृत (फोटो फिचर)

बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…

thumbnail

जापानको नागोयामा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम

म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…

thumbnail

जिसस म्याग्दीको प्रमुखमा थापा मगर निर्वाचित (तस्बिरहरु)

बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित…