सिजन रोका बाबियाचौर मंगलबार चैत्र ५ गते । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मंगलबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ ।
समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, समुदाय, सामाजिक संघ संस्था र विद्यालयबीच साझेदारी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले अपराध, विकृति, दुर्घटना र दूव्र्यसनी न्यूनीकरणका लागि समुदाय र प्रहरीको सहकार्यको आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा सहभागी स्थानीयबासीहरुले ग्रामिण क्षेत्रमा प्रहरी सेवाको पहुँच बढाउन सुझाव दिएका थिए ।
प्रहरी नाउव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले सरोकारवालाहरुको सुझाव र अपेक्षा अनुसार प्रहरीले आफ्नो कार्यक्रम अघि बढाउने बताउनुभयो । वडा अध्यक्ष धनबहादुर खातीको अध्यक्षता, बाबियाचौर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक दुर्गाप्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बाबियाचौरका अध्यक्ष सोमबहादुर खड्काले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका २ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।बुधवार मनोनयन दर्ताका दिन दलित तथा अल्पसंख्यकका तर्फबाट नेकपा एमालेका शंकर शेरचन र टेक बहादुर किसानको…
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…
कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…
काठमाडौँ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट…