बालमन्दिर आधारभूत विद्यालयमा नवनिर्मित १० कोठे भवनको उद्घाटन (फोटोफिचर)
आइतवार, फाल्गुन १९ गते
। म्याग्दी न्युज संवाददाता
प्रताप बानियाँ म्याग्दी, आइतबार फागुन १९ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा सञ्चालित बालमन्दिर आधारभूत विद्यालयमा हालै बनाइएको १० कोठे विद्यालय भवनको आइतबार उद्घाटन भएको छ । ग्लोबल एजुकेशन फर अल फाउण्डेशन दक्षिण कोरिया, स्थानीयवासी, बेनी नगरपालिका र वडा कार्यालयको सहयोगमा नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
भवनको उद्घाटन गर्दै ग्लोबल एजुकेशन फर अल फाउण्डेशन रिपब्लिक अफ दक्षिण कोरियाका डाईरेक्टर चो ताई योङ्गले आफ्नो संस्थामार्फत दशौं स्कुलका रुपमा बालमन्दिर आधारभूत विद्यालयको भवन निर्माणमा आर्थिक सहयोग गरिएको बताए । उनले समुदायको सक्रियतामा विद्यालय भवन निर्माणसम्पन्न भएकोमा खुसी लागेको बताउँदै आगामी दिनमा पनि विद्यालयलाई थप सहयोग गर्ने बताएका छन् ।
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकाले शैक्षिक विकासमा जोड दिएको बताउँदै गुणस्तरीय शिक्षाका लागि सरोकारवाला सबै लाग्नुपर्ने बताए । ग्लोबल एजुकेशन फर अल फाउण्डेशन फर नेपालका अध्यक्ष उद्धवप्रसाद उप्रेती र मोना आइईसीका एसिया प्यासिफिक संयोजक तथा विद्यालयका भूतपूर्व विद्यार्थी विनोद कुँवरले भवन निर्माणमा सहयोग गर्न प्रवासमा रहेर पनि आवश्यक सबै प्रयासहरु गरिएको बताउँदै नवनिर्मित विद्यालय भवनको सही प्रयोग र संरक्षणका लागि समुदायले चासो दिनुपर्नेमा जोड दिए ।
१०३ फिट लम्बाई, ३५ फिट चौडाई र दुईतले पक्की विद्यालय भवन निर्माणका लागि ग्लोबल एजुकेशन फर अल फाउण्डेशनले ४० लाख, स्थानीय चन्दादाताबाट ३५ लाख ५५ हजार आठसय ९५, बेनी नगरपालिका र बेनपा–४, को वडा कार्यालयमार्फत क्रमशः १४÷१४ लाख रुपैयाँ सहयोग भएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी दिएका छन् ।
उनका अनुसार हालसम्म भवन निर्माणका लागि ८३ लाख छ हजार दुईसय ४४ र जग्गा खरिद गर्न २१ लाख ३४ हजार छ सय ३० रुपैयाँ खर्च भएको छ । भूकम्प प्रतिरोधी बनाइएको उक्त भवनमा १० ओटा कोठा रहेका छन्भने भुइँतलमा युरिनलसहित २ वटा शौचालय र माथिल्लो तलामा तीनवटा शौचालय कोठा निर्माणाधीन अवस्थामा रहेको प्रअ शर्माले बताएका छन् । ग्लोबल एजुकेशन अल फाउण्डेशन कोरियामार्फत आर्थिक सहयोग जुटाउन विनोद कुँवर र संगिता कार्की कुँवरले विशेष पहल गरेका थिए ।
यसैगरी भवन निर्माणलाई रकम जुटाउन डाँडाखेत घरभई हाल रोजगारको सिलसिलामा कोरिया, अस्टेलिया, पोर्चुगल, अमेरिका र कतारमा रहेका प्रवासी नेपालीहरुले आर्थिक सङ्कलनमा सहयोग पु¥याएका थिए । कक्षा १ देखि ८ सम्म अध्ययन÷अध्यापन हुँदै आइरहेको विद्यालयमा हाल १ सय ५४ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन्भने ११ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।
कार्यक्रममा विद्यालयका प्रअ रामप्रसाद शर्माले विद्यालय भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर बानियाँको अध्यक्षता, विव्यस सदस्य तथा आर्थिक सङ्कलन संयोजक सुमन बानियाँको सञ्चालन र शिक्षक अर्जुन खत्रीको स्वागतमा सम्पन्न भएको थियो । २०७३ साल फागुन २५ गते साँझ अचानक विद्यालयमा विद्युत सर्ट हुँदा विद्यालय भवन आगलागीले जलेपछि नयाँ भवन निर्माणका लागि अभियान थालिएको थियो ।
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले कृषि उत्पादन बढाउन र समाजवादतर्फ जान कृषिको माध्यम अपनाउनुपर्ने बताउनुभएको छ । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिको कारण मागेको छ । नेपाल आयल निगमलाई पत्र बुझाउँदै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेको छ । राप्रपाले नेपालका अतिविशिष्ट…
काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताउनुभएको छ। शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिँदै प्रधान सेनापति शर्माले उक्त…
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार…
मकवानपुर । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना…