बेनी शनिबार चैत्र १६ गते । म्याग्दीको सदरमुकाम खुल्ला मञ्चमा संचालन भएको तीन दिदने बृहत निशुल्क योग शिविर सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आर्थिक सहयोग र नविन आनन्द योग केन्द्र बेनकिो समन्वयमा सदरमुकाम बेनीमा गत चैत्र १३ गतेबाट सुरु भएको स्वस्थ जीवन अभियानअन्तर्गत तीन दिने बृहत निःशुल्क योग शिविर लगायतका कार्यक्रम समापन भएको हाे ।
नसर्ने रोगहरुको दिर्घकालिन न्यूनिकरणका लागि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक नविनकिरण भुषाल जानकारी दिए ।
अभियान अन्तर्गत आयुर्वेद स्वास्थ्य शिविर, नसर्ने रोगहरूको रक्त परिक्षण ,गाउँपालिका र नगरपालिकाका स्वास्थ्य संयोजक र आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोग, योग तथा जीवन व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत आयोजना गरिएको थियो ।
स्थानीय तहमा समेत योग मार्फत नसर्ने रोगको न्यूनिकरणका लागि प्रभावकारीता बढाउन सबै स्थानीय तहका स्वास्थ्य संयोजकहरुलाई तालिम प्रदान गरिएको थियो । बृहत निःशुल्क योग शिविरको सामाजिक विकास मन्त्री नरदेवी पुनले चैत्र १३ गते शुभारम्भ गर्नुभएको थियो ।
म्याग्दीबाट सुरु भएको अभियानलाई समग्र गण्डकी प्रदेश भरी सञ्चालन गर्ने योजना रहेको सामाजिक विकास मन्त्री नरदेवीले पुनले बताउनु भएको थियो । उहाँले आफ्नो प्रदेशका नागरिकहरुलाई योग मार्फत स्वस्थ र तन्दुरुत राख्नका लागि स्वस्थ जीवन अभियानको सूरुवात गरिएको बताउनुभयो ।
योगी विकासानन्दले ३ दिनसम्म विहान ६ बजेदेखि ८ बजेसम्म योग प्रशिक्षण दिनु भएको थियो । उहाँले जीवनशैली परिवर्तन, योग मार्फत शरिरको विकार फाल्ने उपाय लगायतका विषयमा योग मार्फत प्रशिक्षण दिनु भएको थियो । योग शिविरबाट दैनिक करिब ५०० जनाले नियमित योग अभ्यास र ३४७ जनाले नसर्ने रोगहरूको रक्त परिक्षण ९स्क्रिनिङ्ग०, ५२१ जनाले विशेष आयुर्वेद स्वास्थ्य शिविरबाट लाभ लिएका थिए । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, बजारबासी, सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, पत्रकार, विद्यार्थी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।
वर्तमान समयमा नसर्ने रोगहरूको बढ्दो प्रतिशत जटिल चुनौतीको रुपमा रहेको हुनाले योग, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा जीवन शैलीको व्यवस्थापनको माध्यमबाट अत्यन्तै प्रभावकारी ढंगले व्यवस्थापन गरी नसर्ने रोगहरूको प्रतिशत घटाउन सकिने कार्यक्रमका संयोजक सामाजिक विकास मन्त्रालयका नविन किरण भुषालले बताउनुभयो ।
स्वस्थ जीवन अभियान अन्तर्गत सञ्चालित कार्यक्रमहरुको शुक्रबार गण्डकी प्रदेश सरकारका प्रदेश सभा सदस्य विनोद के।सी।को अध्यक्षतामा सम्पन्न भएको थियो । यो अभियान प्रभावकारी रहेको र आगमी दिनमा गण्डकी प्रदेश सरकारबाट योग, आयुर्वेद, प्राकृतिक चिकित्सा प्रवद्र्धनका लागि आवश्यक प्रदेशिक नीति निर्माणमा आफुले पहल गर्ने केसीको भनाई छ ।
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
बेनी । म्याग्दीको बेनी –दरबाङ सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ सडक अन्तर्गत मालिका गाउँपालिकाको वडा नम्बर ६ स्थित बाङ्गे पहिरो सडकमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको यातायात…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…