अन्तराष्ट्रिय आर्थिक समाचार समाज

मोना स्पेनद्धारा साढे ४ लाख बढी सहयोग (नामावली सहित )

बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दी प्रवासी नेपाली संघ स्पेनले महिला तथा बालबालिको सहयोगका लागि साढे चार लाख बढी आर्थिक सहयोग गरेको छ ।

मोना स्पेनका पुर्व अध्यक्ष एवम् आर्थिक संयोजक सन्त बहादुर क्षेत्रिको पहलमा स्पेनमा संकलित ४ लाख ३६ हजार रुपैयाँ एक कार्यक्रमका विच शुक्रबार बेनीमा प्रमुख अतिथि मोना आइइसीका संरक्षक सुवास श्रेष्ठ मार्फत मोना आइइसीलाई हस्तान्तरण गरिएको छ ।

सहयोग रकम हस्तान्तरण गर्नुहँदै मोना स्पेनका बर्तमान सल्लाहकार लाल बहादुर केसीले प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोनाले संचालनमा ल्याएको पिडित महिला तथा बालबालिका सहयोगार्थ १ करोडको अक्षय कोष स्थापनाका लागि .आर्थिक सहयोग गरिएको बताउनुभयो ।


म्याग्दीका असाहय तथा पिडित महिलाको सशक्तीकरण, लैङ्गिक तथा बाल अधिकार प्रवद्र्धन लाई मुल प्रवाहीकरण गरि जिल्लाका महिला तथा बालबालिकाहरु को निमित्त काम गर्नका लागि अक्षयकोष स्थापना गर्न लागिएको बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मोना आइइसीका संरक्षक श्रेष्ठ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य , मोना स्पेनका बर्तमान सल्लाहकार केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएका थियो ।

कार्यक्रममा मोना स्पेनका साधारण सदस्य सिता केसी लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । प्रमुख अतिथि श्रेष्ठको उपस्थिती र मोना आइइसीका कर्मचारी रन्जना श्रेष्ठको संचालनमा कार्यक्रम समापन भएको थियो ।

आर्थिक सहयोग दाताहरुको नामावली
१) नन्दकलि थापा मगर जैसी ( अनुसा ) १ लख १ हजार रुपैया ( बरङ्जा ( पखेर , म्याग्दी ) हाल सेभिया , स्पेन
२) लाल बहादुर के सी १ लाख रुपैया (सिङ्गा(सुर्केमेला , म्याग्दी ) हाल अलीकान्ते
३) मोना स्पेन १ लाख रुपैया
४) कुमारी तारा पुन मगर १५ हजार रुपैया ( थबाङ , रोल्पा ) हाल ईस्तान्बुल , टर्की
५) शन्त बहादुर क्षे त्री १० हजार रुपैया (भकिम्ली,म्याग्दी ) हाल बार्सिलोना , स्पेन
६) ठम बुढाथोकी १० हजार रुपैया ( अर्मन , म्याग्दी ) हाल बार्सिलोना,स्पेन
७) दिनेश बानीया १० हजार रुपैया (भिर मुनी,म्याग्दी) हाल बार्सिलोना, स्पेन
८) तप्पन रोका १० हजर रुपैया ( दर बाङ ९ ,म्याग्दी ) हाल बार्सिलोना, स्पेन
९) बिकाश कार्की १० हजर रुपैया ( ताकम,म्याग्दी ) हाल बिलबाउ ,स्पेन
१९) सन्तोश भण्डारी १० हजार रुपैया (ताकम,म्याग्दी ) हाल बिलबाउ ,स्पेन
११) कुल (नबिन ) बहादुर कार्की १० हजार रुपैया (भकिम्ली,म्याग्दी ) हाल बार्सिलोना , स्पेन
१२) मन्जु गौचन १० हजार रुपैया ( सिङ्गा(तातोपानी , म्याग्दी ) हाल बार्सीलोना , स्पेन
१३) याम बहादुर के सी १० हजार रुपैया ( बास्कुना(सिङ्गा , म्याग्दी ) हाल अस्त्रेलिया
१४) रमेश पौडेल १० हजार (पुलाचौर्, म्याग्दी ) हाल बार्सिलोना , स्पेन
१५) कमल राज गुरुङ १० हजार रुपैया थाम डाडा, सिङ्गा हाल अलिकान्ते
१६) मुक्तिनाथ पौडेल १० हजार रुपैया सिङ्गा हाल अलिकान्ते

सम्बन्धित समाचार

thumbnail

विश्व आदिवासी दिवसको दिन नगरपालिकाद्वारा सार्वजनिक बिदा

तनहुँ । व्यास नगरपालिकाले आज नगरक्षेत्रमा सार्वजनिक बिदा दिएको छ । २०७६ माघ २४ गते बसेको नगरपालिकाको ३२औँ नगरसभा बैठकबाट २६औँ विश्व आदिवासी दिवसको दिन बिदा गर्ने निर्णय गरेको थियो । व्यास…

thumbnail

बाढी पहिरो पीडितका लागि प्रवासबाट साढे ३ लाख रुपैयाँ बढी सहयोग

बेनी । प्रवासमा रहेका दग्नाम–दर्मिजा लगायत म्याग्दीलीहरुले जिल्लाका बाढी पहिरो पीडितका लागि साढे तीन लाख रुपैयाँ बढी सहयोग आर्थिक सहयोग गरेका छन् । दग्नाम–दर्मिजा समाज गलेश्वर– बेनीका सचिव धनिलाल गर्बुजाको नेतृत्वमा म्याग्दीका…

thumbnail

ग्रीनविच भलिबल परिवार युकेद्धारा नेपालका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

भक्त रोकालण्डन । युकेमा लोकप्रिय ग्रीनविच भलिबल परिवारले म्याग्दी सहित नेपालका विभिन्न जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । ग्रीनविच भलिबल परिवार युकेले अविरल बर्षाका कारण गएको पहिरोमा परेर…