
भूमे पुजा सहित पुन समाजको १६ औं महाधिवेशन पोखरामा
सुरेन गरुङ्ग पोखरा । पुन समाज नेपाल द्वारा संयुक्त रुपमा आयोजना गरीएको भुमे पूजाँ २०७९ सम्पन्न भएको छ। मंगलबार पोखरामा पुन समुदायले धार्मिक बिधी अनुसार भूमे पुजा सम्पन्न संगै १६ औं अधिवेशनको…
म्याग्दी, शुक्रबार चैत १५ गते । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण भएको चलचित्र शुभ–लभ चैत्र १५ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको छ । म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरु सहित देशका विभिन्न ठाउँमा छायांकलन गरिएको चलचित्र शुभलभ शुक्रवारदेखि म्यााग्दी सहित देशभर एकैसाथ पदर्शनमा आएको निर्माता सुवेदीले जानकारी दिनुभयो ।
वुद्ध ईन्टरनेटमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र शुभ लभको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर मन्दिर , बेनपा– ४ स्थित तातोपानी कुण्ड र बेनपा– १ रत्नेचौरमा छायांकन समेत छायांकन गरिएको थियो ।
म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँट घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आउनुभएका निर्माता सुवेदी चलचित्र निर्माणको क्षेत्रमा पहिलो पटक प्रवेश गर्नुभएको हो । दर्शकसामु फरक शैलिको कथा बस्तुमा भरपूर्ण मनोरञ्जन दिने गरि चलचित्रलाई निर्माण गरिएको उहाँले बताउनुभयो ।
प्रदीपकुमार उदयको प्रस्तुतीमा सन्तोषबाबु लोहनीको निर्देशनमा निर्माण भएको यस चलचित्रमा नायक हरिहर अधिकारी र नायीका क्रिस्टीन पौडेल मुख्य भुमिकामा हुनुहुन्छ । नायीका पोडेल मिस टीन २०१७ हुन भने नायक अधिकारी युवा ज्योतीषको रुपमा परिचित हुनुहुन्छ ।
यस चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदिप बास्तोला, राजा राजेन्द्र लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ भने डाक्टर सुर्या थापालाई सह–नायीकाको भुमिकामा देख्न सकिन्छ ।
प्रेम र हास्यप्रधान यस चलचित्रमा अर्जुन पोखरेलको संगित, रोशन भट्टराईको दन्द, रामजी लामीछानेको कोरीयोग्राफ रहेको छ भने चलचित्रको छायांकन रामेश्वर कार्कीले गर्नुभएको छ । यस चलचित्रमा नायक समेत रहनुभएका ज्योतिष अधिकारीको कथामा अभिमन्यू निरवीले पटकथा तथा संवाद लेखेका लेख्नुभएको छ ।
सुरेन गरुङ्ग पोखरा । पुन समाज नेपाल द्वारा संयुक्त रुपमा आयोजना गरीएको भुमे पूजाँ २०७९ सम्पन्न भएको छ। मंगलबार पोखरामा पुन समुदायले धार्मिक बिधी अनुसार भूमे पुजा सम्पन्न संगै १६ औं अधिवेशनको…
दग्नाम। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा परम्परागत रुपमा भुमे पुजाको अवसरमा हुने लिंङ्गो जुधाई मंगलवार सम्पन्न भएको छ । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा…
धनिलाल गर्बुजा बाँदुक । म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बाँदुकमा भुमेपूजा सम्मन्न भएको छ। मंगलबार बाँदुक भुमे युवा क्लवको आयोजनामा एक समारोहका बिच भुमेपूजा सम्पन्न भएको हो। बर्षायामको सुरुवातसंगै खाद्य बालीमा प्राकृतिक प्रकोप…