म्याग्दीबाट एसईईमा २२ सय ४२ विद्यार्थी सहभागी हुँदै, ३१ जना अयोग्य
मंगलबार, चैत ५ गते
। म्याग्दी न्युज संवाददाता
साधन राम्जाली बेनी मंगलबार चैत्र ५ गते । यो बर्षको माध्यमिक परिक्षा (एसइइ)मा म्याग्दीबाट दुई हजार दुई सय ४२ विद्यार्थी सहभागी हुने भएका छन् । ९ वटा परिक्षा केन्द्र रहेको म्याग्दीबाट एक हजार १ सय ११ छात्रा र एक हजार १ सय ३१ छात्र गरि कुल दुई हजार २ सय ४२ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका निमित्त प्रमुख केश बहादुर बुढाथोकीले जानकारी दिनुभएको छ ।
आगामी चैत्र १० गतेदेखी सुरु हुने परिक्षामा दुई जना दृष्टिविहीन छात्र पनि एसइइमा सहभागी हुदैछन् । उहाँका अनुसार गत बर्षको अनुपातमा यो बर्षको परिक्षामा परिक्षार्थीको संख्यामा कमी आएको छ । गत बर्षको परिक्षामा २ हजार ३ सय ९४ विद्यार्थीले एसइई परिक्षामा सहभागीता जनाएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ ।
७५ प्रतिशत हाँजिरी नपुगेका कारण परिक्षाका लागि आवेदन दिएका मध्य ३१ जना परिक्षामा सहभागि हुनबाट बञ्चित भएका छन् । विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनिहरुले परिक्षा दिनबाट बञ्चित भएका हुन् ।
परिक्षा दिनबाट बञ्चित हुनेमा सबैभन्दा बढी ५ जना धवलागिरी गाउँपालिका २ को लमसुङ माविका छन् । प्रकाश माविमा सञ्चालित खुल्ला विद्यालयबाट एसइइमा सहभागिताका लागि आवेदन फारम भरेका ३० जना मध्य ५ जना पनि हाँजिरि नपुगेकाले अयोग्य भएका छन् ।
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…