म्याग्दीमा माध्यमिक परिक्षाको तयारी पुरा

बेनी शुक्रबार चैत्र ८ गते । आगमी चैत १० गते बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराइएको हो ।


परिक्षा लक्ष्यित म्याग्दीका सबै परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रवन्ध मिलाईएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दल बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्लामा रहेका ९ वटै परिक्षा केन्द्रमा परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि सेनेटरी प्याडको व्यवस्था मिलाइएको हो ।


परिक्षा सञ्चालनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र सबै परिक्षा केन्द्रको लागि केन्द्राध्यक्ष नियुक्त गरि परिक्षालाई मर्यादित बनाउन लागि १९ बुँदे लिखित निर्देशन समेत दिइएको छ । एसईईमा म्याग्दीबाट एक हजार १११ छात्रा र एक हजार १३१ छात्र गरि कुल दुई हजार २४२ जना परिक्षार्थी सहभागी हुदैछन् ।

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविका सञ्चालित दृष्टिविहिन स्रोत कक्षाबाट २ जना दृष्टिविहिन विद्यार्थीहरुले परिक्षामा सहभागीता जनाउने भएका छन् ।

जिल्लामा परिक्षा संचालका लागि ९ जना केन्द्राध्यक्ष, १५ जना सहायक केन्द्राध्यक्ष, ११२ जना निरिक्षक, २१ जना परिक्षा सहयोगी र २३ जना सहयोगि परिचालन हुने कार्यालयले जनाएको छ । परिक्षामा सामेल हुने विद्यार्थी र परिचालन हुने शिक्षकहरुलाई पोशाख समेत अनिवार्य गरिएको छ ।

जिल्लामा विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण परिक्षाका लागि आवेदन दिएका मध्य ३१ जना परिक्षामा सहभागि हुनबाट बञ्चित भएका छन् ।

साथै परिक्षा केन्द्रमा सेनेटरी प्याडको प्रवन्ध सहित आकस्मिक उपचारको समेत प्रवन्ध मिलाईएको छ । अत्याबश्यक औषधी उपलब्ध गराइएको र आकस्मिक उपचारको लागि फोकल पर्सन तोक्न केन्द्राध्यक्षलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

thumbnail

बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…

thumbnail

म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकलाई अनुसन्धानलेखन विषयक तालिम

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…

thumbnail

बेनी–दरबाङ सडक अवरुद्ध

बेनी । म्याग्दीको बेनी –दरबाङ सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ सडक अन्तर्गत मालिका गाउँपालिकाको वडा नम्बर ६ स्थित बाङ्गे पहिरो सडकमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको यातायात…