युवाहरुको पहलमा निर्माण भएको खेलमैदान र युवा क्लवको भवन उद्घाटन
शनिवार, फाल्गुन १८ गते
। म्याग्दी न्युज संवाददाता
सानालेखमा महाशिवरात्री मेला शुरु
धु्रबसागर शर्मा म्याग्दी शनिबार फागुन १८ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा दोस्रो महाशिवरात्री मेला एवम् विविध सांस्कृतिक कार्यक्रम २०७५ शुक्रवारदेखि शुरु भएको छ ।
सानालेखको लेखसाइड युथ क्लवको आयोजनामा शुरु भएको मेला एवम् सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद विनोद केसीले युवाहरु जागरुक र अनुशासित भएर लाग्ने हो भने समाज र देशको समृद्धि कुर्न धेरै समय नलाग्ने बताउनुभएको छ । उहाँले क्लबको अगुवाईमा सामुदायिक भवन, खेलमैदान निर्माण हुनुले अन्य ठाउँका युवाहरुलाई समेत सामाजिक कार्यमा लाग्न प्रेरित गरेको बताउनुभयो ।
सांसद केसीले बेनी हुँदै लभ्लीहिल, ज्यामरुकोट हुँदै बागलुङ्गको पञ्चकोटलाई धार्मिक र पर्यटकीय मार्गको रुपमा जोड्नको लागि स्थानीय तह, प्रदेश र संघीय सरकार मार्फत एकिकृत रुपमा पहल हुनुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश सरकारले संघीयताको संस्थागत विकाससंगै स्थानीयतहहरुलाई समृद्ध र सम्पन्न बनाउन विभिन्न किसिमका कार्यक्रमहरु ल्याउन लागेको बताउँदै सांसद केसीले देश विकासको गतिमा तीब्ररुपमा अघि वढिरहेको छ भन्नुभयो ।
सोही कार्यक्रममा विशिष्ट अतिथी बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बेनी नगरपालिकाले नगर क्षेत्र भित्रका ग्रामिण सडकहरुको स्तरोन्नति र जनताको जीवनस्तर वृद्धि हुने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताउनुभयो । त्यसैगरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण विकले समाजमा युवाहरु जागरुक र समाजप्रति जिम्मेवारी बोध गर्ने खालका हुने हो भने सामाजिक विकृतिहरुको अन्त्य हुने बताउँदै खेलकुदको माध्यमद्धारा युवाहरुमा रहेको प्रतिभालाई उजागर गर्न र अवसर सिर्जना गर्न सहयोग पुग्ने बताउनुभयो ।
बेनी नगरपालिका वडा नं ७ का वडाअध्यक्ष राजेन्द्र श्रेष्ठले सदरमुकाम बेनीबजारसंग जोडिएको ज्यामरुककोटमा प्रशस्तै धार्मिक र पर्यटकीय सम्भावनाहरु रहेका बताउँदै ती सम्भावनाहरुमार्फत जीवनस्तर सहज बनाउन स्थानीय जनप्रतिनिधि र जनताले संयुक्तरुपमा पहल गर्नुपर्छ भन्नुभयो । सोही अवसरमा क्लवले दुईजना जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन समेत गरेको छ । सानालेखका ८७ वर्षिय भीमप्रसाद शर्मा र ८१ वर्षिया भद्रकली सुवेदीलाई दोसल्ला र सम्मानपत्रले अभिनन्दन गरेको हो ।
सोही अवसरमा सांसद केसीले क्लवको नवनिर्मित भवनको र भलिवल प्रतियोगिताको उद्घाटन समेत गर्नुभयो । स्थानीय आमासमूहले रत्यौली समेत गाएर कार्यक्रमलाई रोचक बनाएका थिए । बेनी नगरपालिकाको रु ४ लाख ८२ हजार ५०० अनुदानमा स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीले चन्दा संकलन र श्रमदान गरि सार्वजनिक कार्यक्रम सञ्चालन गर्न मिल्ने स्टेज सहितको भवन निर्माण गरेका हुन् । भवन निर्माणमा साढे ६ लाख बढी खर्च भएको क्लबले जनाएको छ ।
फागुन २० गतेसम्म संचालन हुने सो मेलाको उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष कृष्ण थापाको अध्यक्षता,क्लवका सल्लाहाकार एवम् बेनपा २ का वडाअध्यक्ष हिराबहादुर थापाको स्वागत र स्थानीय हरिप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । खेलमैदान र क्लवको भवन निर्माणका लागि देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुले आर्थिक सहयोग गरेका थिए ।
काठमाडौँ । भारतमा हुने साफ यू–२० च्याम्पियनसिप र बहराइनमा एएफसी यू–२० एसियन कप छनोटका लागि अहिले बन्द शिविरमा रहेको यू–२० राष्ट्रिय टोलीका खेलाडीको संख्या ३० मा झारेको छ। मुख्य प्रशिक्षक मेघराज केसीले…
पोखरा। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित हुनुभएको छ । दोस्रो स्पोर्टस अवार्डमा पनि उत्कृष्ट बन्नुभएकी म्याग्दीकी शाही अहिले पुनः उत्कृष्ट खेलाडी बन्दै पुरस्कृत हुनुभयो।…
दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…
बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…
काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…
काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताउनुभएको छ । सफलले आइतबार बिहान गौतम…