बेनी मंगलबार चैत १२ गते । हिमाली जिल्ला म्याग्दीमा पंक्षिजन्य रोग वर्ड फ्लु भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ ।
जिल्ला वर्ड फ्लु नियन्त्रण समितिका संयोजक समेत रहनुभएका प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले देशका विभिन्न ठाउँमा देखिएको वर्ड फ्लू म्याग्दीमा भित्र्न नदिनका लागि आवश्यक सतर्कताका उपाय अपनाउने निर्णय गरेको हो ।
केही दिन अघि कास्कीको मादी, मकवानपुर र काठमाडौमा पालिएका कुखुरामा वर्ड फ्लू रोग देखिएको थियो । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा अहिलेसम्म वर्ड फ्लू नदेखिएपनि सतर्कताका लागि कुखुरा आयात रोक्ने र सिमा क्षेत्रमा निगरानी बढाउने निर्णय भएको छ ।
कुखुरापालक कृषकहरुलाई जैविक र व्यक्तिगत सुरक्षा अपनाउन पनि अनुरोध गरिएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जिवनप्रसाद आचार्यले म्याग्दीका सिमा नाकामा निगरानी गरिने र आन्तरिक बजारमा भेटेरिनरी सर्टीफिकेटका आधारमा स्थानीय कृषकले पालेका कुखुरा तथा अण्डाको बजारीकरणलाई सहजिकरण गर्ने निर्णय भएको बताउनुभयो ।
केन्द्रका प्राबिधिक सुवास रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर नारायण शर्माले फ्लू रोगका कारण, लक्ष्यणको बारेमा जानकारी गराउनुभएको थियो ।
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…