जिल्लाको सदरमुकाम बेनीमा रहेको बेनि सामुदायिक माध्यमिक विद्यालयमा भलिबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।शैक्षिक क्षेत्रमा साविक पश्चिमाञ्चलमा उत्कृस्त विद्यालयको रुपमा पुरस्कृत हुन सफल विद्यालयमा दुई महिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
शैक्षिक गुणस्तर संगै खेलकुदको विकास गर्ने लक्ष्य सहित विद्यालयको आयोजना र जिल्लाका भलिबल प्रशिक्षक तेजिन्द्र बानियाँको प्रशिक्षणमा कार्यक्रम दुई महिना सम्म संचालन हुने प्रअ दिपक श्रेष्ठले जानकारी दिनुयो ।
विद्यालयमा शैक्षिक गतिविधी संगै खेल क्षेत्रलाई पनि पुरस्कृत बनाउन र विद्यार्थीमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको प्रअ श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समय भलिबल खेलको जिल्लाको रुपमा परिचित म्याग्दीमा खेललाई मर्यादित ,अनुशासन र उत्कृस्ट बनाउन जिल्ला स्थितका विद्यालय तथा खेलप्रेमी संस्थाहरुले मान्यता प्राप्त प्रशिक्षकबाट प्रशिक्षण लिइरहेका छन् ।
जिल्लाबाट भलिबल खेलबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको म्याग्दी भलिबल खेलका लागि लोकप्रिय मानिन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भलिबल खेल मार्फत जिल्ला तथा देशको गौरब बढाएको प्रशिक्षक बानियाँले बताउनुयभयो । जिल्ला ,राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भलिबल खेल क्षेत्रमा म्याग्दीले ठुलो योगदान दिए पनि सरकारको प्राथमिकतामा नहुँदा खेलाडी उत्पादनमा ठुलो चुनौती रहेको बताउनुहुन्छ ।
प्रशिक्षणले ग्रामिण भेगमा लुकेर रहेका खेल प्रतिभाको उजागर हुनुका साथै मेला तथा विभिन्न उत्सवहरुमा आयोजना हुने भलिबल खेललाई मर्यादित र अनुशासित बनाउने प्रशिक्षक बानियाँले विश्वास व्यक्त गर्नुभयो । खेल क्षेत्रको विकासका लागि स्थानिय ,प्रदेश तथा संघिय सरकारले ध्यान दिनुपर्नेमा भलिबल प्रशिक्षक एवम्् जिल्ला भलिबल संघ म्याग्दीका उपाधयक्ष समेत रहनुभएका बानियाँले जोड दिनुभयो ।
काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ । मलेसियामा टस जितेर पहिले…
काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपमा युएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा शुक्रबार भइरहेको खेलमा यूएईले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८१…
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…