शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग
बुधवार, फाल्गुन २२ गते
। म्याग्दी न्युज संवाददाता
प्रताप बानियाँ म्याग्दी, बुधबार फागुन २२ गते । शैक्षिक गुणस्तर वृद्धिका साथै विद्यार्थी सङ्ख्या बढाउने उद्देश्यसहित विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा रहेको डिम्ब आधारभूत विद्यालयलाई बुधबार शैक्षिक तथा खेलकुदजन्य गतिविधिका सामग्रीहरु सहयोग गरिएको हो ।
लायन्स क्लब अफ म्याग्दी–दोभान र महिला उद्यम विकास समिति म्याग्दीले बाल शिक्षाका लागि १० ओटा कुसन र दुईवटा बस्ने बेन्च गरी १० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । यसैगरी लायन्स क्लब अफ बेनी महारानीले एक÷एक थान मिकासा भलिबल, जाली र पम्प तथा स्किटिङ तीनवटा गरेर पाँचहजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ ।
त्यस्तै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, कार्यपालिका सदस्य दुर्गा कार्की बानियाँ, संगम म्याग्दीका अध्यक्ष दीपक पौडेल र महिला उद्यमी अम्बिका श्रेष्ठले १२ हजार रुपैयाँ बराबरको साउण्ड सिस्टम एक थान हस्तान्तरण गरेका छन् । त्यस्तैगरी अक्सफोर्ड पुस्तक पसलका प्रोप्राइटर सन्तुकुमारी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा २५ सय रुपैयाँ बराबरको बालशिक्षाका विद्यार्थीलाई किताब, कापी, पेन्सिल र इरेजर सहयोग गरेकी छिन् । नगर कार्यपालिका सदस्य गौरी थापामगरले एकहजार पाँचसय रुपैयाँ बराबरको फुटबल एक थानसहित बोर्डमार्कर र मसी सहयोग उपलब्ध गराएको विद्यालयले जनाएको छ ।
यसैबीच विद्यालयका पूर्व विद्यार्थी प्रताप बानियाँले आफ्नो स्वर्गीय हजुरआमा गौमती बानियाँको सम्झनामा विद्यालयलाई अक्सफोर्ड डिक्सनरी र बृहत नेपाली शब्दकोष एकएक थान, हाँजिरी रजिष्टर, जिन्सी खाता, डायरी तथा कापीकलम सहयोग गरेका थिए । उक्त सहयोग सामग्रीहरु बेनी नगरपालिका उपप्रमुख सन्जु बरुवाल, कार्यपालिका सदस्य दुर्गा कार्की, महिला उद्यम विकास समितिका सभापति सुनिता केसी, लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठ, संस्थापक अध्यक्ष अमृतदेवी बानियाँ र बेनी महारानीका अध्यक्ष हिरा शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर खत्री र प्रधानाध्यापक नारायण शर्माले हस्तान्तरण गरेका थिए ।
सामग्रीहरु सहयोग हस्तान्तरण गर्दै बेनपाका उपप्रमुख सन्जु बरुवालले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सबै एक भएर लाग्नुपर्ने बताइन् । कार्यक्रममा महिला उद्यमी सुनिता केसी, बेनी महारानीका अध्यक्ष हिरा शर्मा र विद्यालयका पूर्व विद्यार्थी प्रताप बानियाँले मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमको अवसरमा विद्यालयका पूर्व विद्यार्थी झलकबहादुर खत्रीले आफ्ना बुबा दलबहादुर खत्रीमार्फत विद्यालयलाई नगद पाँचहजार रुपैयाँ सहयोग गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर खत्रीको अध्यक्षता, प्रअ नारायण शर्माको सञ्चालन र शिक्षक सञ्जय कुँवरको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यालयका सरोकारवाला, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष…
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार…
मकवानपुर । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना…