बेनी शुक्रबार चैत्र २९ गते र हानिकारक परम्परागत अभ्यास न्यूनीकरण सम्बन्धि धार्मिक अगुवाहरु र किशोर(किशोरीहरुको वीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बेनी नगरपालिकाका प्रवक्ता तथा वडा न ८ का अध्यक्ष रामकृष्ण बराइलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा किशोर किशोरीहरुले छुवाछुत, दुर्ब्यसनी, सामाजिक हिंसा, महिनाबारी सम्बन्धि विभेद तथा बाल बिबाह सम्बन्धि आफ्ना जिज्ञासाहरु राखेका थिए ।
किशोर किशोरीहरुका जिज्ञासाहरुलाई धार्मिक अगुवाहरुले कुनै पनि धर्म शास्त्रहरुले हिंसा र बाल बिबाहलाई प्रोत्साहन नदिएको तर्क राखेका थिए । अन्तरधार्मिक संजाल म्याग्दीका सदस्य रहमद खानले बाल बिबाह, महिला हिंसा तथा कुनैपनि सामाजिक विभेदहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर आफ्नो धर्म शास्त्रमा उल्लेख नभएको भन्दै समाजमा हुने गरेका विभेद तथा हिंसाहरु न्यूनीकरणका लागि सबै एक हुनुको विकल्प नभएको उँहाको भनाई थियो ।
ब्रम्हकुमारी विश्व विद्यालयबाट ब्रम्हकुमारी रिनाले ूॐ शान्तिूलाई धेरैले फरक धर्म भनेर बुझिदिएको हुनाले केही समस्या पैदा भएको भन्दै यसलाई नैतिकता सिकाउने आध्यात्मिक प्रतिष्ठानको रुपमा बुझिदिन आग्रह समेत गर्नु भयो । सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष बिष्णु गुरुङले बाल बिबाह, महिला हिंसा दाइजो प्रथा जस्ता हानिकारक अभ्यासहरु हाम्रो समाजमा अझैपनि बिद्यमान रहेकाले त्यस्ता समस्याहरु न्यूनीकरण गर्नका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्न आग्रह गर्नुभयो ।
संजालका सचिब लोकनाथ भुसालले हिन्दूधर्म आफैमा बिज्ञानसंवत् रहेपनि समय अनुसार परिष्कृत नहुदा अपूर्ण रहेको तर्क गर्नु गर्नुभयो । सिविन नेपाल म्याग्दीका प्रमुख वसन्त ढुङगानाले असल तथा सभ्य समाज निर्माणका लागि सिविन नेपाल सधैं जनताको घर दैलोमा रहेको जानकारी दिनुभयो । समाजसेवी बिमला गौचनले हरेक किशोर किशोरीहरु पहिले आफैमा सक्षम बन्न आग्रह गर्नुभयो ।
ताली बजाउने काम मात्र नगरी अवका युवा युवतीहरु अध्यनशील हुनुपर्ने उँहाको भनाइ थियो । प्रमुख अतिथि बराइलीले बाल बिबाह, महिला हिंसा जस्ता हानिकारक अभ्यासहरुको न्यूनीकरणका लागि नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
साथै कार्यक्रममा गणनाथ पौडेल, घायलश्री, चन्द्रबहादुर लामिछाने, रोजिना क्षेत्री, बिमला गौचन, ब्रम्हकुमार प्रवीण, सगुन केसी, दिप आचार्य, वसन्त ढुंगाना आदि सर्जकहरुले शुभकामना आदानप्रदानका साथै कविता, गीत, गजल तथा मुक्तकहरु समेत वाचन समेत गर्नुभएको थियो । प्लान नेपालको सहयोग, सिविन नेपालको समन्वय, अन्तरधार्मिक संजाल म्याग्दी र युवा संजाल म्याग्दीको आयोजनामा सम्पन्न कार्यक्रम अन्तरधार्मिक संजालकी सदस्य भुलमाया तिलिजाको अध्यक्षता, युवा संजाल म्याग्दीका सह सचिव उदय सुन्दासको स्वागत तथा अध्यक्ष सन्दीप रिजालको संचालनमा सम्पन्न भएको थियो ।
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…