
विश्वकपका १८ लाख टिकट बिक्री
दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…
म्याग्दी ,बिहिबार बैशाख ५ गते । जापानको नागोयामा मोना साँझ हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )जापान नागोया क्षेत्रिय कार्य समितिको आयोजनामा सो कार्यक्रम हुने भएको हो । जिल्लामा रहेका गरिव विपन्न ,र जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयाेगार्थ सो कार्यक्रमको आयोजना गर्न लागिएको मोना नागोया क्षेत्रिय कार्य समितिका महासचिव कमल पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार मे १ तारिखमा आयोजना हुने साँझमा नेपालबाट आउनुहुने चर्चिच गायक शिव परियार ,चर्चित लोक दोहोरी गायिका ज्योती मगर, र चर्चित पप गायक एवम् प्रथम विग आइकन विजेता गगन पुन मगरको प्रस्तुती रहनेछ ।
‘विगत देखी नै जिल्लाको आर्थिक ,सामाजिक र भौतिक पुर्वाधारमा सहयोग गर्दै आइरहेको मोना जापान नागोयाले यस बर्ष भने गरिबीका कारण शिक्षादिक्षाबाटै बन्चित भएका बालबालिकाको शैक्षिक भविस्य सुनिश्चित गर्ने अभियानमा नेपालीको सहयोगको अपेक्षा गरेका छौ’ अध्यक्ष रुपेश चोचाङ्गी पुनले भन्नुभयो ।
अध्यक्ष चोचाङ्गी पुनले कार्यक्रमलाई सफल बनाउन जापानमा कार्यरत म्याग्देली तथा गैर म्याग्देली नेपालीहरुलाई सहभागितका लागि आग्रह गर्नुभएको छ । नागोयाको नाकामुरा कल्चर थियटरमा हुने मोना साँझको तयारीलाई तिव्रता दिइएको आयोजकले जनाएको छ ।
दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…
काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…