घटना मालिका गाउँपालिका म्याग्दी राष्ट्रिय समाचार स्थानीय

चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार ,४ जना घर फर्किए

बेनी, मंगलबार बैशाख ३ गते । म्याग्दीको मालिका गाउँपालिका २ बिलबाङमा चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार भएको छ । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन,कमानसिङ्ग पुन घाइते हुन््भएको थियो । घाईते मध्ये पवित्रा पुन ,मिरा कुमारी पुन र दिवस पुनको स्वास्थ्य अवस्था गम्भिर रहेको थियो ।


घाइतेहरुको दरबाङ प्राथमिक स्वास्थ्य केन्दमा सफल उपचार भएको ।्र प्राथमिक स्वास्थ्य केन्द्रमा सफल उपचार पश्चात सामान्य अवस्थामा रहनुभएका चार जना घर फर्किनुभएको छ ।
भने गम्भिर घाइतेहरु मध्य दिवस पुन र मिरा कुमारी पुनको स्वास्थ्य अवस्था खतरा मुक्त भएपनि प्राथमिक स्वाथ्य केन्द्रमा सामान्य उपचार भइरहेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।


गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर र ईलाका प्रहरी कार्यलय दरबाङबाट खटेको प्रहरी टोलिको सहयोगमा घाइतेहरुको उद्धार गरी दरबाङ ल्याइएको थियो । भारी असिना संगै परेको बर्षाका कारण उद्धार कार्यमा समस्या भएको अध्यक्ष रोका मगरले बताउनुभयो ।

सम्बन्धित समाचार

thumbnail

डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३१ घाइते

डोटी । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। धनगढीबाट अछामतर्फ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको…

thumbnail

नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या ८३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ सय ३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८…

thumbnail

डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । स्थानीय लोगे लुहारको घर सोमबार राति साढे एक बजेतिर भत्किएको…