बेनी बुधबार चैत्र २७ गते । लक्षित वर्गको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि महिला सञ्जालहरु गठन भएका छन् । समुदायस्तरमा क्रियाशिल रहेका आमा समूहलाई एकीकृत गरी उनीहरुसमक्ष स्थानीय सरकारको कार्यक्रममार्फत सक्षम बनाउन महिलाहरु आबद्ध सञ्जाल गठन गरिएको हो ।
यसैक्रममा सोमबार म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा २ नम्बर वडा ज्यामरुककोटमा बबिता सापकोटाको अध्यक्षतामा वडास्तरीय महिला सञ्जाल गठन भएको छ । सञ्जालको उपाध्यक्षमा जमुना घिमिरे, सचिवमा भगवती बोहोरा र कोषाध्यक्षमा विष्णु विक रहेका छन् । यसैगरी सदस्यहरुमा चन्द्रकली सुवेदी, राधिका पौडेल, खड्गकुमारी खड्का, लीला घिमिरे र दुर्गा सुवेदी चयन भएका छन् ।
त्यस्तै बेनपा–३, भकिम्लीमा अध्यक्षमा ओममाया रानामगर, उपाध्यक्षमा सन्तु विक, सचिवमा कमला निउरे, कोषाध्यक्षमा हरिमाया रानामगर र सहसचिवमा सरस्वती शर्मा रहेका छन् । सञ्जालको सदस्यहरुमा विष्णुकुमारी श्रीस, पूर्णमाया जिसी, दिलमति विश्वकर्मा, कल्पना रोका, लीलामति श्रीषमगर, धना पुनमगर, प्रतिकला रानामगर, देउकला घर्तीमगर र लालकुमारी पुन रहेका छन् । दुवै वडामा रहेका आमा समूहबाट एकएक जनाको प्रतिनिधित्व रहने गरी सञ्जाल निर्माण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले समुदायस्तरमा छरिएर रहेका आमा समूहहरुलाई व्यवस्थित गरी नगरपालिकाको सहयोगमा विभिन्न कार्यक्रमहरु महिलाको माझमा पु¥याउन सञ्जालको अवधारणा ल्याइएको बताइन् ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नगर कार्यपालिका सदस्य दुर्गा कार्की बानियाँले ग्रामीण भेगका महिलाहरुको व्यक्तित्व र नेतृत्वको विकास गरेर उनीहरुलाई आयआर्जन तथा सिपमूलक कार्यक्रममा सहभागी बनाउन कार्यक्रम सञ्जाल गठनलाई अगाडि बढाइएको बताएकी छिन् ।
कार्यक्रममा सहभागी महिलाहरुले आमा समूह भवन निर्माण तथा मर्मत, उद्घोषण तथा भाषणकला तालिम, विभिन्न किसिमका आत्मनिर्भर बन्ने सिपमूलक एवं व्यावसायिक तालिमहरु आवश्यक रहेको माग गरेका छन् । कार्यक्रममा नगर कार्यपालिका सदस्यहरु टकसरा राना, गोरी दर्जी, गौमती नेपालीसहित वडाका जनप्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रम ज्यामरुककोटमा वडा अध्यक्ष हिराबहादुर थापा, भकिम्लीमा कार्यवाहक अध्यक्ष रत्नबहादुर जिसीको अध्यक्षता र बेनी नगरपालिकाका सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…