दरवाङ म्याग्दीखोला आयोजनामा पहिलो दिनमै जुट्यो ३ करोडको संस्थापक शेयर
मंगलबार, चैत १९ गते
। म्याग्दी न्युज संवाददाता
बेनी मंगलबार चैत १९ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाले शेयर आह्वान गरेको पहिलो दिनमै करिब ३ करोड रुपियाँ बराबरको संस्थापक सेयर संकलन भएको छ ।
धौलागिरी कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा आयोजना निर्माण गर्न लागेको हो । सोमबार देखि बेनीको विरेन्द्रचोकमा आयोजनाले सम्पर्क कार्यालय स्थापना गरी संस्थापक सेयर संकलन गर्न थालेको छ ।
कार्यालयको उद्घाटन गर्नुहुँदै कम्पनीका अध्यक्ष विनोद कुँवरले आयोजनामा जिल्लावासीलाई लगानीको अवसर दिन संस्थापक शेयरलाई खुल्ला गरेको बताउनुभयो । ‘पहिलो दिनमा उत्साहजनक रुपमा शेयर खरिदका लागि लगानीकर्ताहरु आउनुभएको छ यसले हामीलाई थप हौसला मिलेको छ ’– उहाँले भन्नुभयो । पहिलो दिन म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले एककरोड रुपियाँ लगानी गर्नुभएको छ ।
यसका साथै पचास जनाले दुइकरोड भन्दा बढीको शेयर खरिद गरेका छन । आयोजनामा न्यूनतम पचास हजार देखि माथि लगानी गर्न सकिने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
तिन किस्ता गरी एकवर्ष भित्र सवै लगानीको रकम भुक्तानी गरिसक्नुपर्ने कम्पनीले नीति बनाएको छ । लगानीका लागि एकमहिनाको समयअवधि तोकीएको छ ।
कार्यालय उद्घाटनका अवसरमा गण्डकी प्रदेशका सांसद विनोद केसी,पूर्व सांसद नवराज शर्मा,नेपाली काँग्रेस म्याग्दीका सचिव क्या मिनबहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य,निर्वतमान अध्यक्ष जिवनकुमार विश्वकर्मा लगायत कार्यालय उदघाटनका अवसरमा सहभागि हुनुहुन्थ्यो ।
चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वार्षिक १५ करोड युनिट विद्युत उत्पादन गर्ने जनाइएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० कोरियाका पूर्व अध्यक्ष तथा म्याग्दी प्रवासी नेपाली संघ ९मोना०का पूर्व बरिष्ठ उपाध्यक्ष कुँवरको नेतृत्वमा बन्न लागेको आयोजनामा कोरीया, जापान, अमेरीका, हङकङ, बेलायत लगायत देशमा रहेका प्रवासी म्याग्देलीको लगानी छ ।
पूर्वाधार निर्माणको पूर्व तयारीमा रहेको आयोजनाले आगामी जेठ देखि सुरुङ, पहुँचमार्ग, बाँध र विद्युतगृह निर्माणको काम सुरु गर्ने तयारी गरेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । दरवाङ, देविस्थान, ताकम र बिमको सिमा क्षेत्रमा पर्ने फेदीमा बाँध रहने आयोजनाको पाँच किलोमिटर सुरुङ र बालौटेमा विद्युतगृह रहनेछ ।
काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…
काठमाडौं । मर्स्याङ्दी र मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बिजुली पनि भारतमा बिक्री हुन थालेको छ । योसँगै नेपालबाट दैनिक साढे ७ करोडसम्मको बिजुली भारत निर्यात हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेन्डर आहृवान गरेको छ । प्राधिकरणले शुक्रबार टेन्डर आहृवान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २००…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…