बेनी मंगलबार बैशाख १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा लेखा समिति गठन भएको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार बसेको कार्यपालिका बैठकले गाउँसभा अन्तरगत लेखा समिति गठन भएको हो ।
वडा न. ५ का वडा अध्यक्ष खर्ककुमारी छन्त्यालको प्रस्तावमा कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा प्रस्तावक छन्त्याल र वडा न. २ मुनाका अध्यक्ष पूर्म पुन रहनुभएको छ ।
अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माण गर्न पाँच लाख रुपैयाँ बिनियोजन भएको छ । गाउँपालिकाको ७ नम्बर वडाको बाँकी र ५ नम्बर वडा मल्कवाङमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माणका लागि डिपीआर तयार पार्न सम्पुरक कोषबाट पाँच लाख बिनियोजन भएको प्रवत्ता झकबहादुर छन्त्यालले बताउनुभयो ।
कार्यपालिका बैठकले गाउँपालिकाको शिक्षा शाखाको संयोजकमा गिरिप्रसाद छन्त्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । छन्त्याल यसअघि हेम मावि शिवाङ स्रोत केन्द्रको स्रोत व्यक्ति हुनुहुन्थ्यो ।
यसैगरी गाउँपालिकाका अध्यक्ष पुनका दाजु जितबहादुर पुनको निधन भएकोमा दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू (डिपार्चर) भएको दावी गर्नुभएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले…
बाँके । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्नुभएको छ । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह खानपिन र नाचगानमा शौखिन भएकाले त्यसमै रमाउँदा राम्रो हुने टिप्पणी गर्नुभयो । ‘व्यापार व्यवसाय,…
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे…
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० वैशाखको स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गर्नुभएको छ । सोमबार पार्टीको केन्द्रीय परिषद बैठकलाई…