नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग
आइतवार, चैत २४ गते
। म्याग्दी न्युज संवाददाता
बेनी आईतबार चैत्र २४ गते ।
म्याग्दीको विकट धवलागिरी गाउँपालिका २ नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग प्राप्त भएको छ । स्थानिय सामाजिक अभियान्ता अनिल ब्ुढा मगरको संयोजकत्वमा स्वदेश तथा विभिन्न देशमा कार्यरत नेपालीहरुबाट संकलित ४९ हजार रुपैयाँ नगद सहित लत्ताकपडा तथा गाउँपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको कुखुराको चल्ला हस्तान्तरण गरिएको छ ।
सो सहयोग शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष थमसरा पुन मगर, आर्थिक अभियान्ता बुढा मगरले स्थानिय नर्जा खोला युवा क्लबका अध्यक्ष सविन घर्ति मगर र विपन्न सुकमाया विकलाईै हस्तान्तरण गरिएको हो ।
६ छोरी मात्र भएको भन्दै श्रीमानले कान्छी श्रीमती लिएर श्रीमान बेखबर भएपछि छ छोरी सहित विचल्लीमा पर्नुभएकी सुकमायालाई राहतका लागि स्थानिय युवा क्लब र लमसुङ माविका जागृत बाल क्लबले खाद्यन्न र आर्थिक सहयोग गरेको नर्जा खोला युवा क्लबका अध्यक्ष घर्ति मगरले जानकारी दिनुभयो ।
सहयोग हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष पुन मगरले पिडित सुकमायाको परिवारलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन गाउँपालिकाले उन्नत जातको बाख्राको पाठी खरिद गरिदिने र शौचालय निर्माणमा आर्थिक सहयोग गर्ने बताउनुभयो । साथै ६ छोरीको पढाईका लागि पनि गाउँपालिकाले शैक्षिक सामाग्री लगायत अन्य कुराको व्यवस्थापनका लागि पहल गर्ने उद्घोष गर्नुभयो ।
सहयोग रकम हस्तान्तरण गर्नुहुँदै आर्थिक सहयोग संकलन अभियान्ता बुढा मगरले सामाजिक संजाल मार्फत विश्वास गरि सहयोग गरेको भन्दै सहयोगदाता प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…