नारच्याङमा कुपोषणसम्बन्धी स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम
शुक्रवार, चैत २९ गते
। म्याग्दी न्युज संवाददाता
प्रताप बानियाँ म्याग्दी,शुक्रबार चैत्र २९ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नाच्याङमा बुधबार कुपोषणका विषयमा स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा कुपोषणसम्बन्धी विषयक सहभागितामूलक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो ।
मातृशिशु तथा बाल्यकालीन पोषण, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी सहभागितामूलक अन्तत्र्रिmया तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको सुआहारा कार्यक्रमले जनाएको छ । मातृशिशु तथा बाल्यकालीन पोषण, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन एवं सूचना प्रणालीमा पोषणका सूचकहरुको बारेमा स्वास्थ्यकर्मीको ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ ।
यसैगरी मातृशिशु तथा बाल्यकालीन पोषण, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन तालिममा सिकेका तथा व्यवहारमा लागू भैरहेका कुराहरुबीचको अन्तर लेखाजोखा गरी आवश्यकता अनुसार स्थलगत क्षमता वृद्धि, मातृशिशु तथा बाल्यकालीन पोषण तालिमसम्बन्धी व्यवहारिक कठिनाइहरु पत्ता लगाई समाधानका उपायहरुबारे छलफल गर्ने उद्देश्यका साथ कार्यक्रम लागू गरी सञ्चालन गरिएको छ ।
स्थलगत क्षमता अभिवृद्धि कार्यक्रममा हजार दिनको महत्व, मातृ पोषण, उपयुक्त गर्भाधान समय तथा गर्भान्तर, स्तनपान, पुरक वा थप खाना, खानेपानी तथा सरसफाई, बिरामी बच्चाको हेरचाह र स्याहार, वृद्धि अनुगमन, कुपोषण पत्ता लगाउने तरिका, कुपोषित बच्चाहरुलाई बहिरङ्ग उपचार केन्द्रमा प्रेषण, पोषण अभिलेख प्रतिवेदन, अनुगमन भेट, बहिरङ्ग उपचार पद्धतिका १६ ओटा चरणहरु र अभिलेख व्यवस्थापनका विषयहरुमा सहजीकरण गरिएको मिलन म्याग्दीका तथ्थाङ्क व्यवस्थापन अधिकृत लेखनाथ सापकोटाले जानकारी दिए ।
तालिमको सुआहारा कार्यक्रमका पोषण तथा सामाजिक व्यवहार परिवर्तन सञ्चार अधिकृत अमृत पौडेलले सहजीकरण गरेका थिए । हालसम्म जिल्लाको २३ ओटा स्वास्थ्यचौकीमा गरिएको कार्यक्रममा स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिसहित १ सय २० जनाले सहभागिता जनाएका छन् । नारच्याङको कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुन, नारच्याङ स्वास्थ्यचौकी इन्चार्ज अर्जुन रानालगायत स्वास्थ्यकर्मीको उपस्थिति थियो ।
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…
दाङ । लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उहाँले भने अझै राजीनामा भने दिइनसकेको बताउनुभएको छ । अरूको घरभित्र प्रवेश अर्की महिला र उहाँ नाबालिका छोरीलाई कुटपिट…