
विश्वकपका १८ लाख टिकट बिक्री
दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…
बेनी मंगलबार बैशाख १७ गते ।
निर्माण व्यवसायी संघ म्याग्दीको सोमबार बेनीमा बसेको चौथो बैठकले सल्लाहकार चयन गरेको छ । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा भएको बैठकले ७ जना सल्लाहकार मनोनित गर्ने लगायतका निर्णयहरु गरेको हो ।
लोकबहादुर मल्ल, रामकृष्ण मल्ल, नेत्रबहादुर महत, एकेन्द्र रावल, सन्तोष रावल, कृष्णसिंह बानिया र रवी भण्डारीलाई सल्लाहकारमा मनोनित गरेको अध्यक्ष जिसीले बताउनुभयो । यसैगरी प्रवीन शाहीलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ । अधिवेशनको खर्च अनुमोदन गरेको बैठकले आगामी साउन १२ गते अध्यक्ष जिसीको नेतृत्वमा दक्षिण कोरियाको भ्रमणमा जाने निर्णय समेत गरेको छ ।
यसैगरी मुद्दामामिला र प्रचारबाजी गरेर संघलाई बदनाम गराउने गतिबिधिप्रती आपत्ती जनाउँदै खेद व्यक्त गरेको छ । संघका अध्यक्ष जिसी विरुद्ध उच्च अदालत पोखराका बागलुङ इजलासमा संघका पूर्व अध्यक्ष कृष्णकुमार शेरचन र पुर्व बरिष्ठ उपाध्यक्ष प्रदिप सापकोटाले दर्ता गरेको मानहानि मुद्दा चैत २८ गते खारेज भएको थियो ।
दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…
काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…