
देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…
काठमाण्डौं,मंगलबार बैशाख १७ गते ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जग्गा विवादमा परेका महासचिव विष्णु पौडेलको बचाउ गरेका छन्।
नेकपाको संसदीय दलको बैठकमा मंगलबार बोलेका अध्यक्ष ओलीले बालुवाटार जग्गा विवादमा पहिलोपटक मुख खोलेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटार ९ललिता निवास० सँगै जोडिएको आठ आना सरकारी जग्गा पौडेलका छोरा नवीनको नाममा देखिएपछि नेकपा भित्रबाटै पौडेलको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण भएको बताए।
‘पदीय दुरुपयोग गरेर महासचिवले जग्गा किन्नु भएको होइन। राजाको शासनको बेला। निरंकुशता भएको बेला २०६१ सालमा बालुवाटारको दक्षिण कुनामा ८ आना जग्गा किन्नु भएको हो,’ उनले भने।
महासचिवमाथि आक्रमण गरेर पार्टी र सरकार कमजोर बनाउन खोजिएको पनि उनले दाबी गरे।
‘पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण गरिएको हो,’ अध्यक्ष ओलीले भने, ‘महासचिवको जग्गा सरकारी हडपेकोमा पर्छ कि पर्दैन समय क्रममा प्रस्तुत गर्छौँ। हतारो गर्नुपर्ने छैन।’
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनेहरुको खोजि भइरहेको भन्दै प्रधानमन्त्री ओलीले क(कसले सरकारी जग्गा हडपेका छन् सरकारले अध्ययन गरिराखेको बताए। ओलीले आफ्नै सरकारले बालुवाटारको जग्गाबारे तथ्य सार्वजनिक गरेको उल्लेख गरे।
‘जहाँसुकै हडपिएको जग्गा सरकारले फिर्ता ल्याउँछ,’ उनले भने, ‘कसलाई नाफा हुन्छ या कसलाई नोक्सान हुन्छ केही हेरिँदैन। सरकारले सत्यत्थ्य बाहिर ल्याउँछ।’
उनले हयात् होटलको जग्गा पनि सरकारले फिर्ता ल्याउने बताए। प्रधानमन्त्री ओलीले ुभृकुटीमण्डप हामीले बेचेको होरु रत्नपार्कमा हामीले टहरा बनाएको होु, भन्दै प्रतिप्रश्न समेत गरे। ुहामीले भत्काएको हो। फिर्ता ल्याएको होु, ओलीले भने।
उनले सांसदहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरे। ‘हल्लाको पछि नलाग्नु, वाइडबडि अनियमितताबारे पनि सरकारले छानबिन गर्दैछ,’ उनले भने, ‘मैले भ्रष्टचारीको अनुहार हेर्दिनँ भनेको थिएँ। यही कुरा फेरि दोहोर्याउँछु।’ सेतोपाटी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…
काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताउनुभएको छ । सफलले आइतबार बिहान गौतम…
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय…