भगवतीमा नेकपाको वडा कमिटी गठन, अगुवा कार्यकर्तालाई प्रशिक्षण
शनिवार, बैसाख ७ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी शनिबार वैशाख ७ गते । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच भएको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले स्थानीय तहमा एकता टुंगो लगाएसंगै वडा कमिटी गठन गर्न सुरु गरेको छ । रघुगंगा गाउँपालिका–२ भगवतीमा शनिवार भएको अगुवा कार्यकर्ताहरुको भेलाले झलक शर्मा अध्यक्ष र नरबहादुर भण्डारी सचिब रहनुभएको २५ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
गाउँपालिका स्तरीय विस्तारित बैठकबाट अध्यक्ष र सचिब चयन गरिएलगत्तै वडा स्तरमा अगुवा कार्यकर्ताहरुको भेला गरि वडा कमिटीलाई पूर्णता दिईएको नेकपा रघुगंगा गाउँपालिका स्तरीय कमिटिका सचिब हरि भण्डारीले जानकारी दिनुभयो । भगवतीमा ७ सदस्यीय नेकपाको सल्लाहकार कमिटि समेत गठन गरिएको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका जिल्ला संयन्त्र सदस्य एवम जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले जनताको सेवा र काममा सक्रिय भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेकपाको पहलमा रघुगंगा क्षेत्रमा भएका विकास निर्माण योजनाहरुको प्रभाबकारी कार्यान्वयनमा रचनात्मक भुमिका खेल्न समेत सुझाब दिनुभयो ।
कार्यक्रममा नेकपाका नेता तर्क केसी, नेकपा रघुगंगाका सचिब हरि भण्डारी र वडा अध्यक्ष रिम कटुवालले जनताका हरेक अप्ठ्यारा र दुखमा सक्रिय भएर लाग्न वडा कमिटीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का भएकाे छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमामाडाैं जिल्ला…
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…