धनगढी बुधबार बैशाख ४ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल मगर सङ्घको आज यहाँ शुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले पार्टीको संशोधित विधानअनुसार मगरलगायत सबै वर्ग र समुदायको उचित प्रतिनिधित्व गराउने गरी काङ्ग्रेस पार्टी अगाडि बढ्न लागेको बताए ।
प्रेस जगतमाथिको आक्रमण लोकतान्त्रिक व्यवस्थामाथिको आक्रमण भएको उल्लेख गर्दै देउवाले प्रेसमाथिको आक्रमण काङ्ग्रेसलाई सह्य नहुने उल्लेख गरे ।
उनले सरकारले पत्रकारितामाथि हस्तक्षेप गरेर निरङ्कुशता लाद्न खोजिरहेको आरोप लगाए ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान सरकार आफ्नै गतिविधिका कारणले जनताका नजरमा असफल भइसकेको दाबी गरे ।
कार्यक्रममा काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले कार्यकर्तामा जागरण ल्याउनुपर्नेमा जोड दिए । दुईदिने सो प्रशिक्षणमा २०० प्रतिनिधि सहभागी रहेका छन् । रातोपाटी
म्याग्दी । नेपाल मगर संघको स्थापना दिवसमा मगर संघ ,म्याग्दीले बेनी स्थित बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३९ औं स्थापना दिवस तथा एकता दिवसको…
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा दुई वटा बीस लाख रुपियाँ राशीको अक्षयकोष घोषणा गरेको छ । फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार…
काठमाडौँ । एक दर्जन अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका गीतकार डीआर उपाध्यायले फेरि १० वटा अवार्ड पाएका छन् ।राजधानीमा आइतबार उनलाई श्रम,…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…