म्याग्दीमा अर्गानिक खेती सम्बन्धी स्थानिय सरकारलाई अभिमुखिकरण
शुक्रवार, बैसाख ६ गते
। म्याग्दी न्युज संवाददाता
बेनी शुक्रबार बैशाख ६ गते । म्याग्दीमा अर्गानिक खेती प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाबीच छलफल गरिएको छ । म्याग्दी विकास मन्चको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा शुक्रबार सदरमुकाम बेनीमा अर्गानिक खेती प्रविधिसम्बन्धी विषयमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दी जिल्लालाई अर्गानिक उत्पादनको जिल्ला बनाउन प्रशस्तै सम्भावनाहरु रहेको बताउनुभयो । उहाँले म्याग्दीलाई प्राङ्गारिक उद्योगको जिल्ला बनाउन सकिने बताउँदै स्थानीय तहले बजेट, नीति तथा कार्यक्रमहरु निर्माण गर्दा अर्गानिक उत्पादनसँग सम्बन्धित कार्यक्रमहरुमा जोड दिनुपर्ने बताउनुयभो ।
जिसस प्रमुख केसीले विषादीरहित जिल्ला घोषणा गर्न सम्भव रहेको भन्दै स्थानीयस्तरमा क्रियाशिल अगुवा कृषकहरुमार्फत अर्गानिक जिल्ला बनाउने अभियानतर्फ लाग्नुपर्ने बताउनुभयो । अर्गानिक उत्पादनमा थोरै लगानी गरे पनि उपलब्धिमूलक हुने उहाँको भनाई छ ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुन, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी र मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले स्थानीय तहलाई अर्गानिक उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने बताउँदै यसका लागि आवश्यक नीति, कार्यक्रम र बजेटमार्फत अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रमको काठमाडौंका प्राङ्गारिक प्रशिक्षक पुष्पराज सापकोटा र हाई हिमालयन अर्गानिकका अभियान संयोजक प्रदीप घिमिरेले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, धवलागिरी गाउँपालिकाका प्रवक्ता झकबहादुर छन्त्याल र अगुवा कृषक चन्द्रबहादुर कार्कीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम म्याग्दी विकास मञ्चका कार्यवाहक अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता, महासचिव कुविरकुमार श्रेष्ठको स्वागत र सचिव लोकेश पुनमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…