विविध सांस्कृतिक कायक्रम सहित युकेमा शुभकामना साँझ मनाइयो
सोमवार, बैसाख १६ गते
। म्याग्दी न्युज संवाददाता
लण्डन, सोमबार बैशाख १६ गते .।
बेलायतमा म्याग्देलीहरुको साझा सँस्था म्याग्दी समाज अथवा म्याग्दी प्रवासी नेपाली सँघ ९मोना० युकेले सधैका बर्षहरुमा झै यो बर्ष पनि नेपाली नयाँ बर्षको अवसर पारेर नयाँ बर्ष २०७६ को शुभ कामना साँझ बिबिध कार्यक्रम सहित पञ्चेबाजा बजाउदै धुमधामले मनाएका छन् ।
गत शनिबार फार्नबरोको स्यामुएल कोर्डी स्पोर्टस् कलेजमा कार्यक्रम आयोजना गरिएको हो ।रशमोर ब्रो काउन्सिलका क्याबिनेट लिडर डेभिड क्लिफोर्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, अल्डरसट काउन्सिलर लिडर अलेक्स क्र्यिुफोर्ड, म्याग्दीका पूर्वसांसद नरबहादुर पुन र मोना आईईसी महासचिव मिम पुर्जा विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा ग्रेटर रशमोर बरोका अध्यक्ष जीव बेलबासे,मोना आईसीसी निर्वमान महासचिव घनश्याम शाही, मोना स्पेनका कुमार राम्जाली, सहारा यूकेकाअध्यक्ष, मगर संघ यूकेका अध्यक्ष, मगर संघ यूकेका संरक्षक, सृजनशील समाज पर्वत, बागलुङ, तनहुँ, गुल्मी, गोर्खा जिल्ला लगायतका अध्यक्षहरु,नेपाल कमिटीका अध्यक्ष, लिम्बू समाजका अध्यक्ष, नेपाल ईन्जिनियर एसोसियशन युके अध्यक्ष, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी मगर, आर्चरी क्लवका अध्यक्ष, मगर आर्चरी अध्यक्ष, कलर सार्जन्ट दीप प्रसाद पुन सिजिसी , जीईसी लगायतका अतिथि थिए ।
समाजका अध्यक्ष दल जुग्जालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो औपचारिक सत्रको सञ्चालन महासचिव लालबहादुर पुनलेले गरेका थिए भने संस्थाका सचिब विष्णु भण्डारीले हेल्थ एण्ड सेफ्टी ब्रिफ गरेका थिए ।कार्यक्रममा मोनाका उपाध्यक्ष एवं कार्यक्रम सहसंयोजक कुमार फगामीले स्वागत मन्तव्य राखेका थिए ।
शुभकामना साँझको औपचारिक उदघाटन प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुसहित मोना यूकेका अध्यक्ष दल जुग्जालीले दीप प्रज्वलन गरेर गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रशमोर ब्रो काउन्सिलका क्याबिनेट लिडर डेभिड क्लिफोर्ड , एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष प्रेम गाहा मगर, अल्डरसट काउन्सिलर लिडर अलेक्स क्र्यिुफोर्ड, म्याग्दीका पूर्वसांसद नरबहादुर पुन र मोना आईईसी महासचिव मिम पुर्जाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष दल जुग्जालीले पवित्र उद्धेश्य राखेर समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा विश्वविद्यालयबाट पीएचडी, मास्टर, ग्राजुएसन गरेका विद्यार्थीलाई बधाई दिइएको थियो ।कार्यक्रममा राफल ड्रा सहित डीवाईजी सहसंयोजक दिनेश रोका, नखु पुर्जा र तारा पुर्जाको शब्द लयमा रहेको एल्बम विमोचन गरिएको थियो ।गोल्ड स्पोन्सर थिए अनिल मल्ल।
दोश्रो चरणको कार्यक्रमको सञ्चालन संस्कृति सचिव गंगा पुर्जा, संस्कृति सहसचिव नुनु थापा, जानकी पुन, दिनेश रोकालगायतले सञ्चालन गरेका थिए ।
कार्यक्रममा म्याग्दी सोरठी नाच, स्टिल थाली नाचसहित नेपालका चर्चित कलाकारहरु कुमार पुन, कुमारी चेपाङ, पप गायिका निखिता थापा, स्थानीय कलाकारहरु रत्न शाहीलगायतले भरपुर मनोरञ्जन दिएका थिए । चर्चित कलाकारहरु कुमार पुन, कुमारी चेपाङ, पप गायिका निखिता थापाले विभिन्न लोक तथा दोहोरी गीतहरु प्रस्तुत गर्दै सहभागीहरुलाई घण्टौंसम्म नचाएर मातृभूमि स्मरण गराए। लण्डन नेपाल न्युज
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…
काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…
एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…