श्री कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको अध्यक्षमा पुनः श्रेष्ठ
शनिवार, बैसाख ७ गते
। म्याग्दी न्युज संवाददाता
बेनी शनिवार बैशाख ७ गते । श्री कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको तेस्रो साधारण सभा एवम् तेस्रो अधिवेशन सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाममा वि सं २०६९ सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमको विच तेस्रो साधारण सभा तथा तेस्रो अधिवेशन समापन भएको हो । तेस्रो अधिवेशनबाट पुनः चन्द्रप्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।
अधिवेशनले अध्यक्ष श्रेष्ठ सहित १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । अध्यक्ष श्रेष्ठ सहित उपाध्यक्षमा नैनकुमार श्रेष्ठ ,सचिवमा पुर्ण बहादुर जिसी , कोषध्यक्षमा रामजी प्रसादसुवेदी ,सहसचिवमा ,हरिप्रसाद पौडेल,सहकोषध्यक्षमा विष्णुप्रसाद गौतम र सदस्यहरुमा दयासागर शर्मा,कृष्ण प्रसाद शर्र्मा,प्रकाश कुमार श्रेष्ठ,निर्मला श्रेष्ठ,विक्रम श्रेष्ठ,सावित्रि बानियाँ र लक्ष्मी कुमारी जोशी रहनुभएको प्रमुख निर्वाचन आयुत्त ठाकुुर प्रसाद आचार्यले जानकार दिनुभयो।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले पछिल्लो पुस्तामा बढ्ढै गएको धन र सम्पत्तीको मोहले जेष्ठ नागरिकलाई जति माया र सम्मान हुनुपर्ने हो त्यो हुन नसकेको बताउनुभयो । बाल्यकालदेखी बुबा आमाले गहन जिम्मेवारीका साथ हुर्काएर बढाए पनि छोरा छोरीमा बढ्ढै गइरहेको धनसम्पत्तीको मोहका कारण जेष्ठ नागरिक आफ्नै सन्तानबाट अपहेलित हुनुपरेको बताउनुभयो ।
जेष्ठ नागरिकको हक, अधिकार र संरणका लागि सबैले ध्यान दिनुपर्नेमा मेयर श्रेष्ठले जोड दिनुभयो । नगरपालिकाले पुर्वाधारहरु निर्माण गर्दा जेष्ठ नागरिक मैत्रिमा जोड दिएको बताउनुभयो । उहाँले नगरपालिकाले सार्वजनिक क्षेत्रमा जेष्ठ नागरिकका लागि विश्राम स्थल निर्माण गरेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले पछिल्लो पुस्ताले आफ्ना वुबा आमालाई भन्दा बढी धन ,सम्पत्तीलाई महत्व भएको बताउँदै चिन्ता व्यत्त गर्नुभयो । जेष्ठ नागरिकको हक अधिकार र संरक्षणका लागि संस्था स्थापना भएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपमेयर सन्जु बरुवाल ,वडा नं ७ का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य,जिल्ला बाल संगठनका अध्यक्ष नेत्रबहादुर महत ,नेपाल मंका खलःका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायत विभिन्न संघ संस्थका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले बार्षिक प्रतिवेदन ,सचिव पुर्ण बहादुर जिसीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामजीप्रसाद सुवेदी आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठको अध्यक्षता ,मेयर श्रेष्ठको प्रमुख आतिथ्यता ,अध्यक्ष श्रेष्ठको स्वागत मन्तव्य तथा सचिव जिसीको संचालनमा कार्यक्रम समापन भएको थियो ।
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…