म्याग्दी ,सोमबार जेठ १३ गते । म्याग्दकिो अन्नपूर्ण गाउँपालिकाले वडा तहमा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र सेवाप्रवाहको विषयमा सर्वसाधारणहरुको गुनासो,सुझाव र अपेक्षा सकंलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा आइतवार वडा नम्बर ७ हिस्तानको औलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले गाउँपालिकाबाट विनियोजन भएका टुक्रे योजनाहरुको उपलब्धी नभएको भन्दै आगमी वर्ष देखि टुक्रे योजनालाई कटौती गर्नुपर्ने माग गरेका छन् ।
यसै गरी सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले योजना सम्झौता र फस्र्यौटको अवधिलाई छोट्याउनु पनर्,े, कर्मचारीको अभावमा पनि गाउँपालिकाबाट प्रवाह हुने सेवाप्रवाहलाई सहज बनाउनुपर्ने, स्वास्थ्यचौकीको भवन निर्माणमा भएको ढिलासुस्ती, निर्माण गरिएका सडकहरुको स्तरउन्नतीलार्ई गाउँपालिकाले ध्यान दिनुपर्र्ने, सामाजिक सुरक्षा भत्तालाई घरघरमा पुगेर वितरण गर्नुपर्ने, बैसरी औल जोड्न सडकको ट्याक निर्माण लाई आवश्यक वजेट विनियोजन गर्नुपर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले आवश्यक बजेट विनियोजर्ने लगायतका मागहरु राखेर गाउँपालिकालाई ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले सहभागीहरुको जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै गाउँपालिकाले दुइवर्षको अनुभवबाट आगमी योजनाहरु दिगो,प्रभावकारी र उपलब्धीमुलक बनाउन लागिपरेको बताईन । त्यसका लागि वडा तहमा योजना छनौंट गर्दा वडाका जनप्रतिनिधि र समुदायले ध्यान दिनुपर्ने उनको भनाई थियो ।
महिला युवा लगायत लक्षित समुदायलाई सीप विकास र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताउँदै उपाध्यक्ष मगरले यसलाई प्रभावकारी बनाउन आग्रह गरेकी थिईन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र प्रगतिको वारेमा जानकारी गराएका थिए । उनले चालु आर्थिक वर्षमा गाउँपालिकाबाट एकसय ९४ वटा पूर्वाधार र प्रवद्र्धनात्मक योजनाहरु सञ्चालन भइरहेको र अधिकांश योजना अन्तिम चरणमा पुगेको जानकारी दिए । साथै अधिकृत शर्माले गाउँपालिकाबाट विनियोजित योजनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी र समुदायलाई आग्रह गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष ओमबहादुर फगामीले भौगोलिक रुपमा छरिएर रहेको वस्ती र कर्मचारी अभावका कारण वडाको विकास निर्माण र सेवाप्रवाह सहज बनाउन चुनौती भएको बताए ।
गाउँपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक कृष्णप्रसाद बरुवाल,सामासिजक विकास समितिका संयोजक ओमप्रसाद फगामी, शिक्षा शाखाका भरत पुनले शहभागीहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।
गाउँपालिका उपाध्यक्ष केशमाया मगरको अध्यक्षता, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्री र सदस्य प्रताप बानियाँले गरेका थिए ।
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल…
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार…
मकवानपुर । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना…