जागरण अभियानले नेपाली काँग्रेस हरेकको घरघरमा पुग्छः शर्मा
बुधवार, बैसाख २५ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी,बुधबार बैशाख २५ गते । नेपाली कांग्रेस म्याग्दीले बुधबार देखी पहिलो चरणको हिमाल, पहाड तराई मधेश राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। राष्ट्रिय जागरण अभियानको उद्घाट गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य शुक्रराज शर्माले जागरण अभियान मार्फत अब नेपाली काँग्रेस हरेको घरघर, हरेकको मनमा पुग्ने बताउनुभएको छ।
नेपाली जनताको चाहाना विपरित अहिलेको दुइतिहाइको सरकारले काम गरेको र जनातको मन जित्न सक्ने कुनै काम अहिले सम्म गर्न नसकेको आरोप समेत लगाउनुभयो । अहिले सरकार जनताको काम भन्दा बढी भाषण र हसाउनेमा उत्कृष्ट भएको छ ।
सरकारले बलत्कार, भ्रष्टाचारीलाई संरक्षण गर्दै लगेको, देशलाई भ्रष्टचार तिर केन्द्र्रीत गर्न खोजेको छ, अहिलेको प्रधानमन्त्री देशको लागी भन्दा पनी जतालाई हसाउदै हिड्ने गरेको उहाँको भनाई थियो ।
कार्यक्रमा नेपाली काँग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीरले अब नेपाली काँग्रेस म्याग्दीको हरेक दुर्गम बस्तीका जनताको घरघरमा पुग्ने बताउनुभयो । उहाँले जागरण अभियानलाई सफल बनाउन १७ जना संयोजक तोकिएको र भोली देखी नै गाउँगाउँमा पुग्ने उहाँँले जानकरी दिनुभयो । नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई प्रत्येक वडा वडामा खटाउने गरि संयोजक तोकेको काँग्रेसले जनाएको छ । म्याग्दीका ४१ वटै वडामा पुगेर नेपाली जनताको घरघरमा पुग्ने गर्बुजाको भनाई छ।
कार्यक्रमा नेपाली काँग्रेस म्याग्दीका सपसभपती माधव रेग्मीले जागरण अभियान मार्फत म्याग्दीका आफ्ना कार्यकर्तालाई जागरुक गराउने बताउनुभयो । नेपाली काँग्रेस म्याग्दीका सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी, उपसभापतीले स्वागत गरेको कार्यक्रमा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टी सचिव क्या मिन बहादुर कार्कीले गर्नुभएको थियो।
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…
काठमाडौँ । नेकपा एमालेबाट सांसद हुनुभएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुल्नुभउको छ । थापा मंगलबार घोषणा हुन लागेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा समेटिनुभएको हो । एमालेबाट समानुपातिक सांसद रहेकी…

काठमाडौं । विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना सुरू गरेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय महाराजगन्जअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। धर्ना दिनेमा अधिकांश शरणार्थी म्यानमारबाट…