परिक्षा सञ्चालन सम्बन्धी अन्तरक्रिया

बेनी बिहिबार बैशाख २६ गते । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा बुधबार त्रिभुवन विश्व विद्यालयका पदाधीकारी, क्याम्पस सञ्चालक समिति तथा शिक्षक कर्मचारीबीच वार्षिक परिक्षा सञ्चालन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीले नतीजालाई सुधार गर्न परिक्षालाई व्यवस्थित र मर्यादीत बनाउनुपर्ने बताउनुभयो । परिक्षाको मर्यादा कायम राख्न शिक्षक र कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने शिक्षाध्यक्ष त्रिपाठीको भनाई थियो ।

कार्यक्रममा सहभागि प्रध्यापक तथा विद्यार्थीहरुले त्रिभुवन विश्व विद्यालयले परिक्षाको नतिजा प्रकाशनमा ढिलाई गरेको बताउदै छिटो नतिजा प्रकाशन गर्ने र शिक्षण बिधिलाई सुधारमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका परिक्षा नियन्त्रक बिष्णुप्रसाद खनाल, सहायक नियन्त्रक अर्जुन भण्डारी र भुपाल श्रेष्ठले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दी बहुमुखी क्याम्पस क्युएएको प्रक्रियामा रहेकाले परिक्षाको मर्यादा कायम गर्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष सोमनाथ ढुङ्गानाको स्वागत र क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

thumbnail

जिसस म्याग्दीको खाता रोक्का हुँदा समस्या

म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का भएकाे छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमामाडाैं  जिल्ला…

thumbnail

म्याग्दीका पाँच जना पत्रकार पुरस्कृत (फोटो फिचर)

बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…

thumbnail

जापानको नागोयामा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम

म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…