प्रदेश स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु (भिडियो )

बेनी, शुक्रबार जेठ १७ गते । म्याग्दीमा गण्डकी प्रदेश, तथा छिमेकी जिल्ला स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला व्याडमिण्टन संघ म्याग्दीमो आयोजनामा शुक्रबारदेखी सदरमुकाम बेनीमा सुरु भएको हो । कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले उद्घाटन गर्नुभएको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाले सहभागिता जनाएको प्रतियोगितामा गण्डकी प्रदेश तथा छिमेकी जिल्ला स्तरीय पुरुष सिंगल डबल, खुल्ला भेट्रान्स पुरुष डबल एवम् धवलागिरी अञ्चल स्तरीय समुह ख र म्याग्दी जिल्ला स्तरीय माध्यमिक छात्र÷छात्राहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।

नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर )ले खेललाई मुख्य प्रायोजन गर्नुभएको छ । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्धितिय र तृतियलाई नगद सहित पुरस्कृत गरिनेछ ।

सो अवसरमा व्याडमिन्टल खेलको विकास र संस्थागत विकासमा महत्वपूर्ण योगदान पु¥याउने अनोद श्रेष्ठ र गोविन्द प्रसाद श्रेष्ठलाई सम्मानपत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष हिमालय कार्की, जिसस प्रमुख केसी, नेपाली काँग्रेस म्याग्दीका सभापती गर्वुजा, प्रजिअ लिलाधर अधिकारी लगायतले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै जिसस प्रमुख केसीले म्याग्दीमा अन्तरविद्यालयदेखि प्रदेश स्तरीय व्याडमिण्टन प्रतियोगिताले यस क्षेत्रमा खेल प्रतिभाको पहिचान र विकासमा सहयोग पुग्ने बताउनुभयो । संघका अध्यक्ष कार्कीको अध्यक्षता, दिपेन्द्र श्रेष्ठको स्वागत र रमेशकुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

उद्घाटन खेलमा प्रजिअ अधिकारी र सभापति गर्बुजाको टोलि विचमा भएको खेलमा सभापति गर्बुजाको टोली विजय भएको छ ।

सम्बन्धित समाचार

thumbnail

नागरिकता विधेयक यही संसदबाट पारित गर्ने तयारी छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…

thumbnail

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…

thumbnail

काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्थाको अन्त्य भएको छ : मन्त्री आले

कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…