धु्रबसागर शर्मा /म्याग्दी ,सोमबार जेठ १३ गते । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण म्याग्दी सहित साविकको धौलागिरिका बागलुङ,पर्वत र मुस्ताङ जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण कतै आंशकि प्रभाव परेको छ भने कतै पूर्ण प्रभाव परेको देखिएको छ । सडकमा गाडी चलेका छैनन् भने वजार बन्द रहेका छन् ।
विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गर्न विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताहरुले हिजो दिउँसो नै फोन गरेर चेतावनी मिश्रित आग्रह गरेका थिए । म्याग्दीको सदरमुकाम बेनी बजारमा पसलहरु खुलेका छैनन् भने सडकमा गाडी चलेका छैनन् । बन्दका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।
बागलुङ बजारमा शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन् । सडक छेउमा टालोमा बेरिएको बम जस्तै देखिने वस्तु भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको छ । बागलुङका प्रहरी प्रमुख कृष्णहरी पोखरेलले दिएको जानकारी अनुसार शंकास्पदवस्तु वम हुन सक्ने आंशकाले प्रहरी त्यहाँ पुगेका हुन् ।
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दालाई लक्षित गरेर नेकपाका कार्यकर्ताले त्रास फैलाउन बम राखेको हुनसक्ने पोखरेलको आशंका छ । त्यसैगरी अर्घाखाँचीको सन्धीखर्कस्थित अर्घाखाँची आवासीय माविमा शंकास्पद वस्तु फेला परेको छ । सन्धीखर्क २ चुत्रावेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवासीय माविको पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले भोजपुरमा आफ्नो कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई गोली हानेर हत्या गरेको विरोधमा विप्लव समूहले बन्द आह्वान गरेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
नेकपाले जनघाती, राष्ट्रघाती, भ्रष्टाचारी सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएको छ ।
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…
दाङ । लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उहाँले भने अझै राजीनामा भने दिइनसकेको बताउनुभएको छ । अरूको घरभित्र प्रवेश अर्की महिला र उहाँ नाबालिका छोरीलाई कुटपिट…