म्याग्दी कारागारका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण
बुधवार, जेठ १ गते
। म्याग्दी न्युज संवाददाता
प्रताप बानियाँ म्याग्दी, बुधबार जेठ १ गते । म्याग्दी कारागारमा विभिन्न शीर्षकमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा मङ्गलबार कैदीबन्दीलाई लक्षित गरेर क्षयरोगसम्बन्धी माइक्रोस्कोपिक क्याम्प र मानसिक स्वास्थ्य परीक्षण तथा सुगर जाँच गरिएको हो ।
कारागारमा रहेर बन्दी जीवन बिताउँदै आइरहेका सबै कैदीबन्दीहरुको स्वास्थ्य चेकजाँच गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शिविरमा क्षयरोग, सुगर, प्रेसर र साधारण रोगको परीक्षण गरिएको थियो । शिविरको अवसरमा करिब १ सयजना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला कारागार कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए ।
शिविरमा सहभागी सबै कैदीबन्दीहरुको सुगर समेत चेकजाँच गरिएको थियो । कतिपय बिरामीहरुलाई भने फ्लोअपका लागि बोलाइएको छ । शिविरमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका मेडिकल अधिकृत डाक्टर रविकान्त झाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा प्रवाह गरेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले मन्तव्य राखेका थिएभने प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीको उपस्थिति रहेको थियो । हाल जिल्ला कारागार कार्यालय म्याग्दीमा ८५ जना पुरुष र ६ जना महिला कैदीबन्दीहरु रहेका छन् । जम्मा ३२ जनाको क्षमता रहेको कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…
दाङ । लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उहाँले भने अझै राजीनामा भने दिइनसकेको बताउनुभएको छ । अरूको घरभित्र प्रवेश अर्की महिला र उहाँ नाबालिका छोरीलाई कुटपिट…