प्रताप बानियाँ /म्याग्दी, मंगलबार जेठ ७ गते । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित जामुनाखर्क माध्यमिक विद्यालयको आयोजनामा शैक्षिक महोत्सव–२०७६ हुने भएको छ । ‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने मूल नारासहित गणतन्त्र दिवसको अवसरमा यही जेठ १५ गतेदेखि महोत्सव सञ्चालन गर्न लागिएको हो ।
सोमबार सदरमुकाम बेनीमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयले शैक्षिक महोत्सवको बारेमा जानकारी दिएको छ । महोत्सवबारे जानकारी गराउँदै विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले महोत्सव उद्घाटनको दिन ‘समृद्धिका लागि शिक्षा’ शीर्षकमा जिल्लास्तरीय अन्तरमावि बक्तृत्वकला र उत्प्रेरणात्मक कक्षा तथा १६ गते हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
यसैगरी १७ गतेका दिन खुल्ला कविता प्रतियोगिता र प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको प्रअ ढुङ्गानाले बताए । उनका अनुसार शैक्षिक महोत्सवको अन्तिम दिन १८ गते कार्यपत्र प्रस्तुतीकरण, टिप्पणी र शैक्षिक बहस, प्रेरक व्यक्तित्वसँगको साक्षात्कार कार्यक्रम तय गरिएको छ । बक्तृत्वकला र खुल्ला कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः पाँचहजार, तीनहजार, दुईहजार र एकहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ ।
त्यस्तै हाजिरीजवाफ प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १२ हजार, नौहजार, छहजार र तीनहजार रुपैयाँका साथै प्रमाणपत्रले सम्मान गरिने विद्यालयले जनाएको छ । प्रतियोगिताहरुमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउने छन् । त्यसैगरी विद्यालयको तर्फदेखि शैक्षिक महोत्सवको अवसरमा शिक्षा, साहित्य, संस्कृति र विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्री प्रदर्शनका लागि निःशुल्क स्टलको पनि व्यवस्था गरिएको छ । प्रतिभा प्रदर्शनका लागि इच्छुक प्रत्येक विद्यालयलाई १५ मिनेटको समय उपलब्ध गराइने प्रअ ढुङ्गानाले बताएका छन् ।
शैक्षिक महोत्सवमा त्रिभूवन विश्वविद्यालयका प्राध्यापक डाक्टर कर्णबहादुर बानियाँले कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा साहित्यकारहरुको लेख, रचना र जीवनीबारे प्रस्तुती पनि रहने बताइएको छ । म्याग्दीमा शैक्षिक महोत्सवको आवश्यकता रहेको महशुस गरी धेरै पहिले नै सोंच बनाइएकाले त्यसै अनुसार महोत्सव आयोजना गरिएको विद्यालयका प्रअ ढुङ्गाना बताउँछन् । महोत्सव सम्पन्न गर्न करिब चारलाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने वडा कार्यालयले एकलाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…