दिपक मंगोल/बेनी ,सोमबार असार २ गते। म्याग्दीमा मालिका गाउँपालिका मंगोल नेशनल अर्गनाईजेशन तदर्थ सभा गठन भएको छ। एम.एन.ओ.जिल्ला सभा म्याग्दीले आयोजना गरेको एकदिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षक मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सदस्य तथा अनुशासन विभाग सदस्य लालबहादुर दर्लामी रहनु भएको थियो, बिशिष्ट अतिथी गण्डकी प्रदेश सभाका अध्यक्ष नविन गुरूङ, अतिथीहरू गण्डकी प्रदेश सदस्यहरू रणबहादुर फगामी र कुशल रोका मगर रहनुभएको थियो।
मालिका गाउँपालिका केन्द्र दरवाङमा भएको उक्त कार्यक्रममा तेजिन्द्र जुग्जाली मगरको अध्यक्षतामा १३ सदस्यीय मालिका गाउँपालिका तदर्थ सभा समेत गठन भएको थियो। यसैगरी सचिवमा भबिन्द्र फगामी मगर, कोषाध्यक्षमा राजमोहन फगामी मगर, सहसचिवमा खममाया बुढा मगर र सदस्यहरू मनसरा बुढाथोकी, रेणुका घर्ती मगर, धनबहादुर किसान,दिलबहादुर विक,तुलसी घर्ती मगर,कुलबहादुर फगामी मगर, मिना फगामी मगर, प्रेमबहादुर पुन मगर, बिजय राम्जाली मगर रहनुभएको छ। नवनिर्वाचित पदाधिकारीहरूलाई प्रदेश अध्यक्ष गुरुङले सपथ ग्रहण गराउनुभएको थियो।
जिल्ला सभा अध्यक्ष चित्र जुग्जालीको अध्यक्षता,जिल्ला सदस्य डिके पुनको स्वागत मन्तव्य र जिल्ला सचिव ओमविकास पुन मगरको स.चालनमा कार्यक्रम समापन भएको थियो ।
गण्डकी प्रदेश अध्यक्ष गुरूङले मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यसै गरी जेष्ठ ३१ गते मालिका गाउँपालिका ५ देविस्थानमा समेत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो।
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङ स्थित छ्यारछ्यारेमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ ।…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…
कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…
काठमाडौँ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट…
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गर्नुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले…