प्रताप बानियाँ ,म्याग्दी, विहिबार असार ५ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधबार ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा विविध कार्यक्रमहरु सञ्चालन गरेर विद्यालयले आफ्नो वार्षिकोत्सव दिवस मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान तथा विदाई, विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण र गीतसङ्गीत तथा नृत्य प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयको सर्वोत्कृष्ट शिक्षकतर्फ शिव बानियाँ, दीर्घसेवी शिक्षकतर्फ यामप्रसाद श्रेष्ठ र सेवानिवृत्त पूर्व शिक्षक टिकाराम पौडेललाई सम्मान गरिएको थियो । सम्मानित शिक्षकहरुलाई फुलमाला, अबिर, टिका र खादा लगाई, दोसल्ला ओढाएर, सम्मानपत्रसहित सम्मान गरिएको छ ।
उनीहरुलाई बेनपा–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद सुवेदी, पूर्व अध्यक्ष गणेशबहादुर हमाल र विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेल तथा शिक्षक एवं विद्यार्थीहरुले सम्मान गरेका थिए । उक्त कार्यक्रमको अवसरमा विद्यालयमा कार्यरत हालै सेवानिवृत्त पूर्व शिक्षक टिकाराम पौडेललाई विदाई समेत गरिएको थियो ।
शिक्षकहरुलाई सम्मान गर्दै वडा अध्यक्ष बानियाँले स–साना बालबालिकाको भविष्य शिक्षकहरुको हातमा रहेकाले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले देश विकासको मूल आधार शिक्षा भएकाले शिक्षा प्रदान गर्ने गुरुवर्ग तथा शिक्षकहरुलाई सबै क्षेत्रबाट उचित माया र सम्मान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष हमाल, प्रअ कमलप्रसाद पौडेल, जनकल्याण अक्षयकोषका उपाध्यक्ष नरबहादुर रामदाम, सम्मानित शिक्षकहरु टिकाराम पौडेल, यामप्रसाद श्रेष्ठ र शिव बानियाँले मन्तव्य राखेका थिए । विव्यस अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, शिक्षकद्वय रेशम बानियाँको स्वागत र गीता आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…