म्याग्दी ,आइतबार असार ०१ गते । म्याग्दीमा लागु औषध सहित ६ जना युवा युवती पक्राउ परेका छन् । शनिबार सांझ सात ३० बजेको समयमा सदरमुकाम बेनी बजारबाट उनिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । शनिबार साँझ पक्राउ परेका ६ जनालाई प्रहरीले आइतबार मात्र सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बेनी नगरपालिका वडा नं.८ न्यूरोड २२ बर्षिय रेजिना श्रेष्ठ ,बेनी नगरपालिका वडा नं.८ २८ बर्षिय बिजय बानियाँ, बेनी नगरपालिका वडा नं.९ गलेश्वरका २१ बर्षिय राज कुमार शेरपुञ्जा, मंगला गाउँपालिका.वडा नं.३ बरंजाका २२ बर्षिय सिता के.सी., रघुगंगा गाउँपालिका वडा नं.१ बेगका २१ बार्षिय निखिल फगामी , रघुगंगा गाउँपालिका वडा नं.६ घर भई हाल.बेनी नगरपालिका.वडा नं.७ मंगलघाट बस्दै आउनुभएका २० बर्षिय प्रविण छन्त्याललाई सांझ गस्तीमा निस्कीएको प्रहरीको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
शंकास्पद रुपमा पैदल मार्फत हिडिरहेको अवस्थामा उनिहरुमाथि जाँच गर्ने क्रममा उनिहरुको साथबाट लागुऔषध ८६ सेट(डाईजापाम,फेनेरागन र नुर्फिन) समेत फेला परेको जिप्रका म्याग्दीका सुचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका विरुद्ध आईतवार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…